Siraha Times
ताजा समाचार

बाईक दुर्घटनामा तीन जनाको मृत्यु

  • मंसिर ७, २०८०
  • १२२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, मंसिर ७ । सिरहामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीनजनाको मृत्यु र एक घाइते भएको छ । सिराहा नगरपालिका-१९ सन्हैठास्थित नयाँ चोकमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले बताएको छ । घाइतेहरुको उपचारको क्रममा प्रादेशिक अस्पताल सिराहामा मृत्यु भएको र बताईएको छ भने दुर्घटनामा घाईते भएका १५ वर्षीय युवराजकुमार यादवलाई थप उपचारका लागि विराटनगर पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१