ताजा समाचार

देशैभरि धुमधामका साथ लक्ष्मी पुजा मनाईदै

  • कार्तिक २७, २०८०
  • ९९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,कार्तिक २७ । हिन्दू धर्ममा सुखरात्रिको रूपमा समेत परिचित लक्ष्मी पुजाको साँझ घरको मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई बत्ती बालेर लक्ष्मी पुजा मनाउने चलन रहेको छ । सत्ययुगमा वामन अवतार भगवान विष्णुले दानवराज बलीसँग तीन पाऊ भूमि मागेपछि भगवानलाई सन्तुष्ट पार्नका लागि दानवराजले दिपावली मनाएका थिए । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने चलन छ ।

त्यसैगरी भगवान विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि मान्यता रहेको छ । प्रत्येक घरमा साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गरिन्छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास रहिआएको पाईन्छ ।

मान्यता अनुसार 

१. कसैलाई खाली हात फर्काउनु हुँदैन ।

२. लक्ष्मी पुजाको रात सुत्नु हुँदैन: लक्ष्मी पुजाको रातमा जाग्राम बसेर देवी लक्ष्मीको मन्त्रलाई विधिपूर्वक पढ्नु पर्छ ।

३. नुहाएर पूजाको लागि फूल टिप्नु पर्छ ।

४. मादकपदार्थ पिउनु हुँदैन ।

५. झगडा गर्नु हुँदैन ।

६. अपमान गर्नु हुँदैन ।

७. लक्ष्मीलाई बासी फूल चढाउनु हुँदैन ।

८. जुवा खेल्नु हुँदैन ।

९. भेदभाव गर्नु पर्छ ।

लक्ष्मी पूजाको अवसरमा शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ र कूल परम्पराअनुसार कतै बिहान गाईको पूजा गर्ने प्रचलन समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤