कुकुर तिहार धुमधामसँग मनाईदै

  • कार्तिक २६, २०८०
  • ६५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक २६ । यमपञ्चकको दोस्रो दिन मृत्युका देवता यमराजलाई प्रसन्न पार्ने कुकुरको पूजा गर्ने गरिन्छ । कुकुरलाई घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावरको रूपमा मानिन्छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । कुकुरको गुणको कदर गरेर मानिसले वर्षमा एकपटक यमपञ्चकको दोश्रो दिन पारेर यसलाई पुज्ने गर्दछन् ।

सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख । कुकुरले सुँघेर अपराधीहरू पत्ता लगाउनुको साथै घरको रक्षक भएर कार्य गर्दै आएको कुकुरलाई भैरवको बहान पनि भनिन्छ । कुकुर तिहारको दिन कुकुरलाई टीका तथा घाँटीमा फूलको माला लगाएर आदरपूर्ण व्यवहार गरिन्छ । कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको पाइन्छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ ।

कुकुरलाई भैरवको बाहन पनि भनिन । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ । कुकुर तिहारको पूजाका लागि फूल, अक्षता, माला तथा मिष्ठान्न भोजनले यस दिन घरमा पालेका कुकुर तथा कुकुर नपाल्नेहरूले बाहिरका कुकुरको पूजा गरी टीका तथा माला लगाईदिएर मीठा–मीठा खानेकुरा ख्वाउने चलन छ । कुकुरले घर को रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । यसरी सुरक्षाका दृष्टिले पनि कुकुर हितकारी छ ।

प्रतिक्रिया दिनुहोस

मधेसका मुद्दा अब आफ् ...

रहमुल लहान, माघ २८ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले मधेसका मुद्दा अब आफ्नै व्यक्तिगत जिम ...

जनमत पार्टीका रामस्व ...

लहान माघ २८ । सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा जनमत पार्टीका उम्मेदवार रामस्वरूप चौधरीले चुनावी घरद ...

सप्तरी–४ मा कांग्रेस ...

लहान माघ २७ । सप्तरी निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका नेपाल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१