ताजा समाचार

उज्जवल समाज कल्याण समिति द्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • कार्तिक २५, २०८०
  • १०९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कार्तिक २५ । मधेश प्रदेशको सिरहा जिल्ला स्थित बिष्णुपुर गाउँपालिका वडा नं.४ केन्द्रित उज्जवल समाज कल्याण समितिद्वारा आयोजित पालिका स्तरीय सरकारी विधयालयहरुको मा. वि. स्तरको हाजिरी जवाफ प्रतियोगिता भव्यता को साथ  सम्पन्न भएकोछ। कार्यक्रम मा सहभागी प्रमुख अतिथी गा. पा. प्रमुख सत्यनारायण यादव तथा अतिथी वडा अध्यक्षहरु शिक्षामा केन्द्रित धारणा राख्दै सरकारी विधयालयहरु को स्तरोन्नति प्रगतिको लागि सबै एक भएर लाग्नु पर्नेमा जोड दिदै सहभागी छात्र छात्राहरुलाई शुभकामना सहित   आफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रममा पालिका स्तरिय विभिन्न संघ संस्था बुद्धिजीवी ,राजनितीज्ञ , नागरिक समाज , समाजसेवी , शिक्षक शिक्षिका, कर्मचारी अभिभावक लगायत विभिन्न विधयालयबाट छात्र छात्राहरु सगभागी भएका थिए । उज्जवल समाज कल्याण समितिले पटक पटक शैक्षिक कार्यक्रम ,  सामाजिक सुधारको कार्यक्रम , नि:शुल्क स्वास्थ्य शिविर  संचालन तथा असाहय नागरिकहरुलाई आर्थिक सहयोग गर्दै लगायतका सामाजिक कार्यहरु गर्दै आइरहेको छ।

यस  संस्थामा देश तथा विदेशमा रहेका बिष्णुपुर-४ को युवाहरु क्रियाशिल छन। युवाहरुले आफ्नो पारिश्रमिक बाट समाज उत्थान तथा समाजकल्याण को निम्ति खर्च गरिरहेका छन । कार्यक्रममा सहभागी श्री जनता माध्यमिक विधयालय (राजपुर )ले प्रथम, श्री माध्यमिक विधयालय थल्हा कटहा द्वितिय , श्री लक्ष्मी माध्यमिक विधयालय ( लक्ष्मिपुर) ले तृतीय तथा श्री जनता माध्यमिक विध्यालय ( प्राविधिक) गौरिपुर बिष्णुपुर ले चौथो स्थान प्राप्त गरेका थिए । संस्थाको तर्फ बाट पुरस्कार हरु: प्रथम-७०००/- द्वितीय -५०००/- तृतीय -३००० तथा चौथो-१५००/- नगद सहित कप र सहभागी छात्र छात्रा हरु लाई एक एक थान सामान्यज्ञान ,  एक एक थान कौपी कलम को साथै प्रमाणपत्र सहित को पुरस्कारहरु वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤