ताजा समाचार

विद्यालय परिसरमा प्रधानाध्यापक झुण्डिएको अवस्थामा फेला

  • कार्तिक १९, २०८०
  • १३३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक १९ । सिरहाको गोलबजार नगरपालिका वडा नं ३ स्थित रहेको एक बिद्यालयका प्रध्यानाध्यापक झुण्डिएको अवस्थामा फेला परेको छ । गोलबजार नगरपालिका वडा नं ३ स्थित रहेको श्री सरस्वती माध्यामिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यपक संजिव कुमार साह कार्यरत रहेकै विद्यालयको एक कोठामा पासो लागेको अवस्थामा फेला परेको हो । आज बिहान करिब ८ बजेको समयमा अन्दाजी वर्ष ५० का उक्त विद्यालयमा कार्यरत प्रधानाध्यापक शाह झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीको टोली करिब ११ बजेर २० मिनेटको समयमा घटना स्थलमा पुगेको थियो ।

विद्यालयको तीन तले भवनको माथिल्लो भागमा रहेको सभा हलमा उनी झुण्डिएको बताइएको छ । विद्यालय परिसरमा प्रधानाध्यापक के कति कारणले झुण्डिएको भन्ने बारे केही खुलेको छैन । घटनाको बारेमा अनुसन्धान जारी रहेको र वस्तु स्थितिको बारेमा मुचुल्का उठाई शवलाई पोस्ट मारडमका लागि काठमाण्डौ स्थित टिचिङ हस्पिटल लैजाने तयारीको बारेमा सल्लाह भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤