बरिष्ठ पत्रकार साहले गरे पत्रकार खानलाई ५१ हजार रुपैया सहयोग

  • कार्तिक १४, २०८०
  • ६५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १४ कार्तिक। बरिष्ठ पत्रकार राघव साहले पत्रकार नेहाल खानलाई मंगरबार ५१ हजार रुपैया सहयोग गरेका छन् । बीरगंज महानगरपालिका वडा नं. ३ प्रगतिनगर निवासी पत्रकार नेहाल खान बिगत २ महिना देखि पोष्ट कोभिड फाईब्रोसिस (फोक्सोमा समस्या) रोगबाट ग्रसित भई उपचार गराई रहनु भएको छ भने उनको श्रीमति अजरा खातुन बिगत ६ महिना देखि क्यान्सर रोगबाट पिडित भई बिपि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारर्थ रहेकी छिन् ।

रोगबाट संघर्षरत्त रहेका पत्रकार खानको आर्थिक अवस्था कमजोर हुदै गएकोले वीरगंजबाट प्रकाशित हुने पर्दाफास दैनिकका प्रकाशक÷सम्पादक एवं पर्दाफास डेली अनलाईनका सञ्चालक बरिष्ठ पत्रकार राघव साहले उनको घरमै पुगी ५१ हजार रुपैयाको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण गर्दै पत्रकार साहले यो रकम ठुलो नभए पनि यसबाट थोरै मात्रामा भए पनि पत्रकार खानको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै अन्य सहयोगीदाताहरुलाई पनि सहयोगको लागि आग्रह समेत गरेका छन् ।

पत्रकार साह समाजवादी प्रेस संगठन नेपालका संस्थापक केन्द्रिय सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रिय प्रचार विभाग सदस्य हुन् । पत्रकार खान काठमाडौंको नर्भिक अस्पताल, नारायणी अस्पताल वीरगंजमा उपचार गराई हाल घरमै २४ सैं घण्टा अक्सिजनको सहारामा जिवनयापन गरिरहेका छन् भने उनको श्रीमति खातुनको ६ महिनामा ८ पटक किमो चढिसकेको र २१ दिन पछि रोगको पुनः परीक्षण गराई चिकित्सको सल्लाह अनुसार थप उपचार हुने खानले बताए ।

उनले चिकित्सकहरुले आफूलाई काठमाडौंको नर्भिक अस्पतालमा थप उपचार गराउन सल्लाह दिदै आए पनि उपचार खर्च जुटन नसकेकोले हाल घरमै अक्सिजनको सहाराले बाँचिरहेको दुःखेसो पोखे । आफुलाई नारायणी अस्पतालका बरिष्ठ फिजिसियन डा. उदय नारायण सिंहले प्रत्येक दिन घरमै पुगी निःशुल्क उपचार गरिरहनु भएको पत्रकार खानले बताए । यस भन्दा अगाडि प्याब्सन, एन प्याब्सन, उद्योग वाणिज्य संघ बीरगंज, बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतकाले सहयोग गरेको पत्रकार खानले बताए ।

प्रतिक्रिया दिनुहोस

घुर्मी नदी किनारमा फ ...

लहान असोज ३० । सिरहाको गोलबजार नगरपालिका–१० स्थित घुर्मी नदी किनारमा झाडीभित्र फालिएको अवस्थाम ...

लहान सडक डिभिजनका तत ...

लहान, असोज ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, लहानका तत्कालीन डिभिजनल इन्ज ...

सखुवानन्कारकट्टीमा न ...

रहमुल लहान २९ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा नागरिक सुनुवाई तथा लागुऔषध नियन्त्रण सम्ब ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१