मधेश अध्यनको यात्रामा निस्किए चार युवा

  • कार्तिक १२, २०८०
  • ८५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम लहान कात्तिक १२ । मधेशका युवाहरूको एक समूहले मधेश अध्ययन यात्रामा निस्किएका छन् । आईतबार सिरहाको लहानस्थित सहिद रमेश चोकबाट निस्किएका उनीहरू आज बेलुकी वीरगञ्ज पुग्नेछन् । त्यहाँबाट भोलि सोमबारदेखि हुलाकी सडक हुँदै १८ गतेसम्म उनीहरू सप्तरी पुग्नेछन् ।मधेशका विषयमा गहन अध्ययन गर्न उनीहरू यात्रामा निस्किएका हुन् । मधेश अध्ययन यात्रा अन्तर्गत पहिलो चरणमा उनीहरू मधेश प्रदेशका आठ वटा जिल्ला घुम्न लागेका हुन् ।

यात्राको प्रमुख उद्देश्य सहिद परिवारको राजनैतिक, सामाजिक, आर्थिक र शैक्षिक स्थितिबारे अध्ययन गर्ने रहेको उनीहरूले जनाए । यससँगै उनीहरूले मुसहर समुदाय, किसान, मजदुर, श्रमिक महिला, क्रान्तिकारी युवा, बौद्धिक व्यक्तित्वहरूसँग पनि भेटघाट गर्नेछन् । यात्राका क्रममा उनीहरू होटलमा नभई स्थानीयहरुकै घरमा खाना खाने र बास बस्नेछन् ।

यसरी भ्रमण गरेर मधेशको भूइँको अवस्था बुझ्ने र त्यसपछि उनीहरूले तमाम समस्याका विषयमा सरोकारवालालाई दबाब दिने र जवाफदेही बनाउने प्रयत्न गर्नेछन् । यात्रीहरूमा टीएमएनसीका उपाध्यक्ष आभाष गुरू, मधेश पुस्तकालयका अध्यक्ष शिव यादव, कान्तिपुर टेलिभिजनका पत्रकार विनय आजाद, टीएमएनसीका सदस्य डा. नवीन यादव छन् ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाईमा तेसर जिल् ...

ओम प्रकाश यादव लहान पुष ३० । थारू समुदायको मौलिकता, पौराणिक कला तथा संस्कृतिलाई उजागर गर्ने उद्देश्य ...

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१