ताजा समाचार

भ्रष्ट अधिकृत भरत यादव कोल्हवी नगरपालिकामा हाजिर, नगरवासी आश्चर्य चकित

  • कार्तिक १२, २०८०
  • ९०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १२ कात्तिक । भ्रष्टाचारको मामिलामा गन्हाईसकेका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव कोल्हवी नगरपालिका बाराको कार्यभार सम्हालदा नगरवासी आश्चर्य चकित भएका छन् । भ्रष्टाचारको मामिलामा सुक्ष्म अनुभव बटुलेका अधिकृत यादवले तत्कालिन जिल्ला विकास समिति बारामा कार्यरत्त रहदां भ्रष्टाचार सन्दर्भमा उनी माथि कारवाही हुँदा निलम्बनमा परेका थिए ।

पछि पावर र पैसाको दम्भले निलम्बन फुकुवा गराउदै विभिन्न कार्यालयमा कार्यरत्त रहदै पछिल्लो समयमा पर्साको पर्सागढी नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निभाएका थिए । उनी पर्सागढीमा कार्यरत्त रहदा विभिन्न शिर्षकमा विभिन्न व्यक्ति र फर्महरुको नाममा करोडौं करोड बेरुजु देखिएको छ ।

भ्रष्ट अधिकृत यादवले पर्सागढीमा लुट मच्चाई राख्दा पर्सागढीवासीले उनको निकै बिरोध गरेका थिए । पर्सागढीको बिरोध पश्चात कोल्हवी नगरपालिका पुगेका अधिकृत यादवले केही महिना सहायकमा हाजिर भई अधिकांश समय बिदा बसेका थिए । उनै भ्रष्ट अधिकृत यादवले प्रमुख प्रशासकीय अधिकृतमा हालसालै बढुवा भई कोल्हवी नगरपालिकामा कार्यरत्त रहेका छन् । अधिकृत यादवलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्य ठाउंमा पठाउन चाहेको भए पनि मन्त्री अनिता साहको श्रीमान् संजय साहलाई चाँदीको जुता भेटी चढाई कोल्हवी नगरपालिकामा नै यादव आउन सफल भएको स्रोतको कथन रहेको छ । अधिकृत यादवले कोल्हवी नगरपालिकामा हाजिर भए देखि नै केही जनप्रतिनिधिहरु दाँतले औला टोक्न बाध्य भएका छन् ।

बारा जिल्लाको पचरौता नगरपालिका वडा नं. १ पिपरपाती निवासी अधिकृत यादवले भ्रष्टाचारको कमाईबाट अकुत सम्पत्ति जोडन सफल भएको बताईन्छ । उनले कलैयाको मेनरोड मोतिबाग चौकमा आफ्नै भवनमा कलेज सञ्चालन गरेका छन् भने चन्द्रनिगाहपुरमा सुजुकीको सोरुम पनि सञ्चालनमा ल्याएका छन् । भ्रष्ट अधिकृत यादवले करिब साढे तीन वर्ष अगाडि पिपरपाती गाउंमा करिब डेढ बिगहामा रहेको फुलबारी करिब ६५ लाखमा र पिपरपाती चौकमा करिब तीन महिना अगाडि २ कठ्ठा जमिन २२ लाखमा किनेको स्रोतले जनाएको छ । उनले यतिमात्र कहां हो र ? काठमाडौंमा १ किता, हेटौडामा २ किता, सिमरामा २ किता र वीरगंजमा २ किता घडेरीहरु भ्रष्टाचारको कमाईबाट किन्न सफल भएको बताईन्छ ।

उनको ३ वटा छोराहरु रहेका छन् भने एक जना अष्ट्रेलिया, एक जना भारतको पञ्जाब र एक जना काठमाडौंमा अध्ययन गरिरहेको स्रोतको कथन रहेको छ । लेखा अधिकृत सुरेन्द्र प्रसाद चौधरीको सहयोगमा कोल्हवी नगरपालिकामा लुटतन्त्र मच्चाउन सुरु गरेका भ्रष्ट अधिकृत यादवले भ्रष्टाचारको कमाईबाट आफ्ना र आफ्ना आफ्न्तहरुको नाममा अकुत सम्पत्ति जोडन सफल भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग लगायतका नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤