ताजा समाचार

दशैको समापनसँगै बजारमा माटोको सामग्री किनमेल

  • कार्तिक ११, २०८०
  • ६३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,कार्तिक ११ । हिन्दुहरुको महान चाड बडा दसैंको समापनसँगै बजारमा माटोको आकर्षक सामग्री किनमेल शुरू भएको छ । दशैंपछि शुरू हुने तिहार र छठको लागि चाहिने माटोको सामग्री कुमालले बनाएर बिक्री गर्न थालेको छ । तिहारको लागि चाहिने दियो कलश , घैटा लगाएतका सामग्री बजारमा बिक्री हुन थालेको छ ।

स्थानिय बजारमा पाइने माटोको दियौरी जुन कुमालले बनाएको हुन्छ उक्त सामग्री पवित्र मानिने कारणले तिहारको समयमा विद्युतिय सामग्री प्रयोग गरिए पनि घर घरमा पूजा कोठामा दियो कलशको लागि माटोको सामग्री नै प्रयोग हुँदै आएको अवस्था रहेको पाईन्छ ।

दशैं तिहारको पछि पर्ने छठको लागि चाहिने आवश्यक माटोको सामग्री पनि बजारमा पाउन थालेको छ । बजारमा करिब एक महिना अगाडिदेखि माटोको सामग्री किनमेल शुरू हुने चलन रहेको पाईन्छ । माटोको सामग्री किनेर पूजा कोठामा राख्ने चलन भए बमोजिम अगाडि देखि किनेर माटोको सामग्री राख्ने भएता पनि छठको अघिल्लो दिनसम्म सामग्री किनमेल जारी रहन्छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤