ताजा समाचार

बिरामी बिदेशी नागरिकको उद्दार गर्दै नेपाल प्रहरी

  • कार्तिक ११, २०८०
  • ९३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक ११ । हिमाली जिल्ला सोलुखुम्बुमा यात्राको क्रममा एकाएक बिरामी परेका विदेशी नागरिकलाई प्रहरीले उद्दार गरेको छ । स्वीजरल्याण्डका ६५ वर्षीय पुरुष नागरिक HARALD FRANZ EGON सोलुखुम्बु स्थित खुम्बु पासाङल्हामु गा.पा. वाडा नम्बर ०२ लुक्लाबाट खुम्बु पासाङल्हामु गा.पा.वाडा नम्बर ०५ नाम्चे तर्फ जाने क्रममा उनको मलद्वारबाट अचानक रगत बगी बिरामी भएको थियो ।

यात्राको क्रममा बिरामी भएको खवर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बुका प्रहरी निरीक्षक कविन राईको कमाण्डमा खटिएको प्रहरी टोलि र रणशुर गुल्म नाम्चे सोलुखुम्बुबाट खटिएको संयुुक्त टोलिले उनलाई स्टेचरमा राखेर १० किलोमिटर बोकेर उद्धार गरि उपचारको लागि खुम्बु पासाङल्हामु गा.पा.३ नाम्चे स्थिति रहेको हिमालयन शेर्पा अस्पताल टोकटोकमा पुर्याएको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤