ताजा समाचार

रामग्राम स्तुप हाम्रो पहिचान हो

  • कार्तिक ११, २०८०
  • ११६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक ११।बौद्ध धार्मिक मान्यता अनुसार रामग्राम स्तूप करिब पच्चीस सय वर्ष पहिले कोलिय राजाद्वारा निर्माण गरिएको हो । कोलिय राजाले निर्माण गराएको रामग्राम स्तूप उत्खनन गराउन खोज्दा नाग जातिले खन्न नदिएपछि अहिलेसम्म स्तूप जस्ताको तस्तै रहेको छ । नवलपरासीको सदरमुकाम परासीदेखि दक्षिण महेशपुर सडकखण्डको करिब ३ किलोमीटरको दूरी पार गरेर पुगिने उजैनी गाउँबाट १५ मिनेटको हिडाईपछि पुगिने झरही खोलाको किनारमा समतल मैदानमा देखिने हरियो थुम्को नै रामग्राम स्तुप हो ।

स्तूप क्षेत्रमा वरिपरि बनाईएको काठे बाटो अनि अगाडिको सुन्दर बगैंचा आकर्षणको मुख्य आधार मानिन्छ । काँढेतारले घेरीएको स्तूपलाई विशेष महत्वका साथ हेरिएको छ । " तत्कालीन राजा गौतमबुद्धका ससुरा दण्डपाणीले बुद्धको अस्थि धातु ल्याई स्तुपमा राखी यो स्तुप निर्माण गरेको भनाई " रहेको पाईन्छ । महत्वपूर्ण स्थलको रूपमा रहेको स्तुपको लम्बाइ १० मिटर छ , भने व्यास २३ दशमलव पाँच मिटर रहेको छ ।

युनेस्कोमार्फत यूके एलायन्सको आर्थिक सहयोग, बेलायतको डुरह्यम विश्व विद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषको सहकार्यमा भौगर्भिक अध्ययनको काम थालिएको थियो । यसका लागि बेलायतबाट विज्ञहरुका टोली यहाँ आएर कामको शुरुआत गरेका थिए । १९९९ मा स्तुपको पश्चिमतर्फ सर्भे गरी सोही वर्ष पुरातत्व विभागबाट उत्खनन पनि गरिएको थियो । उत्खननका क्रममा गौतमबुद्धसँग सम्बन्धित बुद्धकालीन भग्नावशेष, माटाका भाँडाकुँडा लगाएत विभिन्न भग्नावशेष फेला परेका थिए ।

यस क्षेत्रमा पुरातात्विक अन्वेषण सन् १८९६ देखि शुरु भएको थियो । हाल विश्व सम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको रामग्राम स्तुप विश्वकै एक मात्र यस्तो स्तुप हो जहाँ अहिलेसम्म भगवान बुद्धको अस्थिधातु सुरक्षित रुपमा राखिएको छ । जानकारहरुका अनुसार सन् १८९९ मा एसियाटिक सोसाइटी अफ बेङ्गालका ईतिहासकार डाक्टर डब्लु होयेले रामग्राम स्तूपको पत्ता लगाएका थिए । कालान्तरमा आएर सन् १९६४ मा रामग्राम स्तुपको प्रमाणित भएको अवस्था छ । रामग्राम स्तूपको धार्मिक मान्यताका कारण दिनानुदिन विश्वभरका बौद्धहरु मार्गीहरु यहाँको अस्थिधातुलाई मौलिक अस्थिधातु मानी पवित्र स्तुपको रूपमा मानेर पूजाआजा गर्दै आएको अवस्था छ । श्रोत सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤