छोराको कोदालो प्रहारले बुवाको मृत्यु छोरा प्रहरी हिरासतमा 

  • कार्तिक १०, २०८०
  • ७९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सर्लाही, १० कार्तिक । सर्लाहीमा आफ्नै बुवालाई छोराले कोदालो प्रहार गरि मारेको छ  सर्लाहीको हरिवन नगरपालिका–३, डाबरीमा कोदालो प्रहार गरी छोराले बुवाको हत्या गरेका छन् । घराइसी विवादमा छोरा ३५ वर्षीय गोकर्ण मैनालीले बुवा ८१ वर्षीय ओमप्रसाद मैनालीको हत्या गरेका छन । बुधबार राति गोकर्णले कोदालो प्रहार गर्दागम्भीर घाइते भएका ओमप्रसादलाई बिहीबार बिहान घाइते अवस्थामा गाउँलेहरुले देखेपछि उपचारका लागि नमूना अस्पताल हरिवन लगेका थिए ।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई पुरानो मेडिकल कलेज चितवन रेफर गरे पछि उपचारकै क्रममा राति १० बजेतिर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । बुवाको हत्यामा संलग्न गोकर्णलाई प्रहरीले हरिवन ४, तिनघरे लच्का क्षेत्रमा हिँड्डुल गरिरहेको अवस्थामा शुक्रबार बिहान पक्राउ गरिएको हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१