Siraha Times
ताजा समाचार

बागलुङका महिलाले जन्माइन अहिलेसम्मकै बढी तौल भएको बच्चा

  • कार्तिक १०, २०८०
  • ८९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कात्तिक १० । बागलुङको महिलाले जन्माइन अहिलेसम्मकै बढी तौल भएको बच्चा । धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । बडादसैँका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका वडा नं र ३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिएकी हुन् । उक्त बच्चाको तौल चार केजी सात सय ५० ग्राम रहेकोे अस्पतालले जनाएको छ ।

अस्पतालको प्रसूति वार्डमा बिहीबार सामान्यरूपमा उनले छोरा जन्माएको अस्पतालका नर्सिङ इञ्चार्ज देवी भट्टराईले बताईन् । यो छन्त्यालको चौथो सन्तान हो । पेटमा रहेको बच्चा ठूलो देखिएकाले अस्पतालबाट पोखरा जान सल्लाह दिइएको थियो तर विगतका सन्तान पनि सामान्यरूपमै जन्मिएकाले आफूलाई यसपटक पनि सामान्यरूपमै बच्चा जन्मिन्छ भन्ने लागेर यहीँ भर्ना भएको सुत्केरी छन्त्याल तामाङले बताईन् । दसैँका बेलामा पोखरा जान पनि गाह्रो थियो नजिकको अस्पतालमै बच्चा जन्माउने विचार गरेर यहाँ सम्बन्धित चिकित्सक नहुँदा पनि अस्पतालमा भएको जनशक्तिको सहयोगमा राम्रौसँग बच्चा जन्मिएको उनको पति नेत्रबहादुर छन्त्यालले बताए ।

उक्त अस्पतालमा प्रसूतिका लागि एक दिनमा झण्डै एक दर्जन महिला आउने गर्छन् । यसभन्दा अघि अस्पतालमा बढीमा चार किलो ५०० ग्रामसम्मको बच्चाको जन्म भएकामा अहिले चार किलो सात सय ५० ग्रामको बच्चाको जन्म भएको हो । यसभन्दा अघि अस्पतालमा बढीमा चार किलो ५०० ग्रामसम्मको बच्चाको जन्म भएकामा अहिले चार किलो सात सय ५० ग्रामको बच्चाको जन्म भएको हो । यसअघि ठूलो तौलको बच्चा जन्माउन नसक्दा शल्यक्रिया गर्नुपरेको थियो । अहिले ती बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१