ताजा समाचार

घराइसी तनावले प्रहरी ब्यारेकमै आफैले बोकेको पेस्तोल टाउकोमा हानि गरे आत्महत्या

  • कार्तिक ८, २०८०
  • १०७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स कात्तिक ८ । घराइसी तनावले प्रहरी ब्यारेकमै आफैले बोकेको पेस्तोल टाउकोमा हानि गरे आत्महत्या सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा मंगलबार राति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो । घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤