ताजा समाचार

जनमतका कार्यकर्ताद्वारा पत्रकार कुटिए दोषीलाई बिना छलफल रिहा गर्दै प्रहरी

  • कार्तिक ४, २०८०
  • ११२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक ४ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा जनमत पार्टीका कार्यकर्ताहरु अमरेन्द्र यादव र अनिल यादवले पोखरी ठेक्का विवादको सामाचार संकलन गर्दै गरेको अवस्थामा पत्रकारमाथि हातपात गर्दै कुटपिट गरेको छ । डाक्नेश्वरी नगरपालिकाको पोखरी ठेक्का विवादको विरुद्धमा आन्दोलन भइरहेको आन्दोलन सम्बन्धी सामाचार संकलन गर्दै गरेको अवस्थामा जनमतका पार्टी निकट कार्यकर्ताहरुले पत्रकारलाई कुटपिट गरेका हुन ।

पोखरी ठेक्कामा विवाद उत्पन्न भएपछि डाक्नेश्वरी नगरपालिकाका प्रमूख रामलखन मलाहलाई स्थानियले कार्यालयमा घेरा बन्दी गर्दै प्रदर्शन गरिरहेको अवस्थाको दृश्य खिच्न पुगेका सप्तरीका पत्रकार संजीव विक्रम शाहलाई जनमत पार्टी निकट कार्यकर्ताहरुको समुहले गाली गलौज गर्दै हातपात गरेको थियो । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य तथा रेडियो नेपालमा कार्यरत पत्रकार शाहमाथि जनमत पार्टीका कार्यकर्ताले हातपात गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल पत्रकार महासंघले विज्ञप्ती जारी गर्दै नागरिकलाई सुसूचित गराउने क्रममा जुटेका पत्रकारमाथि भएको हातपातको घटना प्रेस स्वतन्त्रता विरोधी भएको ठहर गरेको छ । जारी विज्ञप्तीमा भनिएको छ पत्रकारको संवैधानिक अधिकारमाथि आघात पुग्ने गरी भएको हातपातमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षाप्रति गम्भीर हुनका लागि महासंघ स्थानीय प्रशासनसँग माग समेत गरेको छ ।

यता नेपाल पत्रकार महासंघ सप्तरी शाखाले एक विज्ञप्ति जारी गर्दै, दोषीहरुलाई बिना छलफल प्रहरीले रिहा गरेको अवस्थामा कानुन बमोजिम कारवाही नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन । त्यस्तै मधेश मीडिया मिशन नेपाल केन्द्रिय कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई बिना छलफल छोडिएको प्रति गंभीर ध्यानाकर्षण भएको भन्दै कारवाही नभए संघर्षमा जाने बताएको छ ।

पिडीतले प्रहरीमा उजुरी दिएपछि जनमतका कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो तर नेताहरुको दबाबमा सप्तरी प्रहरीले बिना छलफल दोषीहरुलाई रिहा गरेको छ । कानूनी कारवाहीको प्रक्रिया अगाडि नबढाई प्रहरीले दोषीलाई उन्मुक्ति दिनु भनेको विधिको शासनको खिल्ली उडाएको आम बुझाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤