ताजा समाचार

शसस्त्र प्रहरीद्धारा पटाका जन्य वस्तुको नष्ट

  • कार्तिक ३, २०८०
  • ८५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक ३ । पक्षिम नवलपरासीमा शस्त्र प्रहरी बलले फेला पारेको पटाका जन्य वस्तुको खाल्डो खनेर नष्ट गरिएको छ । नवलपरासीको वर्दघाट सुस्ता पश्चिम पाल्हिनन्दन गाउँपालिका वाडा नम्बर २ गोपालपुर नाकाबाट बिहान करिब १० बजेको समयमा नेपालतर्फ भित्राउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म हरपुरका डि .एस .पी. विकास भुजेलको कमाण्डमा खटि गएको शस्त्र प्रहरी बलको टोलीले करिब १० बोरा पटाका जन्य वस्तुहरु सुतली बम, चकरी , अनार , चकलेट लगायत करिब ९ लाख ६ हजार मूल्य बराबरको उक्त वस्तु फेला पारी स्थानिय प्रशासनको रोहवरमा खाल्डो खनेर नष्ट गरिएको बुझिएको छ । दशैं तिहार र छठमा बिक्री गर्नका लागि उक्त वस्तु उक्त नाकाबाट भित्राउँदै गर्दा प्रहरीले फेला पारेको थियो । नवलपरासीको सीमा नाकाहरुमा दशैं तिहार लक्षित सुरुक्षा योजना अन्तर्गत यति बेला सुरक्षा व्यबस्था कडा पारिएको हो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤