नेपाल टेलिकमको साखा कार्यालयमा वनमारा घारी

  • असोज २७, २०८०
  • ७६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज २७ । सिरहाको धनगढीमाई ९ जिरोमाईल स्थित रहेको नेपाल टेलिकमको टावर सुरुक्षा घरको अवस्था जीर्ण हुँदै टावर सहित भौतिक संरचना वनमारा घारीमा परिणत भएको छ । नेपाल टेलिकम कार्यालय लहानको उदासिनताका कारण जिरोमाईल स्थित रहेको टावर परिसरको वातावरण असहज बनेको छ । कार्यालयको बाहिर सरसफाइको अभाव एकातिर छ भने अर्कोतिर कार्यालय परिसरमा रहेको खाने पानी , जेनेटर,बिजुली , ट्रान्सफर लगाएतका सबै भौतिक संरचना जंगलमा परिणत भएको छ ।

कार्यालय परिसरमा चारैतिर जंगल भएको कारण त्यहाँ खटिएको सुरुक्षा गार्डलाई समेत बसाईमा असहज भइरहेको अवस्था रहेको छ । जंगल झै देखिने कार्यालय परिसरको दृश्यले ट्रान्सफर्मरलाई समेत असर पार्दै गएको छ भने त्यहाँ भएको बिजुली लगायतको ब्यबस्थापन गरिएको छैन । कार्यालय परिसरको शौचालयको अवस्था पनि जीर्ण रहेको छ । नेपाल टेलिकम लाहान शाखाले कार्यालय सरसफाई प्रति ध्यान केन्द्रित नगर्दा यस कार्यालयको अवस्था जंगलमा परिणत भएको आम बुझाइ रहेको पाईन्छ ।

No photo description available.

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१