ताजा समाचार

क्षमतावान खेलाडीलाई स्थायी जिविको पार्जनको व्यवस्था गर्छौ ः मुख्यमन्त्री राउत

  • चैत ११, २०७५
  • ९०९ पटक पढिएको
  • राजन सिंह
alt

राजन कुमार सिंह चैत ११ प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले खेलमै आफनो जिवन समर्पण गर्ने क्षमतावान खेलाडीहरुको स्थायी जिविकोपार्जनको व्यवस्था गर्ने नीति प्रदेश सरकारले लिएको बताएका छन । जनकपुरमा आजदेखि शुरु भएको तेस्रो सहीद कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले विश्वमै मुलुक र प्रदेशलाई चिनाउने खेलाडीहरुको मनोबल उच्च राख्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन ।

विश्वको अन्य मुलुकमा खेलाडीहरुलाई विभिन्न निकायमा जागिर दिने गरिए जस्तै प्रदेश २ को सरकारले समेत प्रादेशिक संरचना भित्र क्षमतावान खेलाडीहरुलाई समावेश गर्ने नीति दिएको उल्लेख गरेका छन । उनले प्रदेश सरकार हाल सम्म प्रदेश भित्र हुने सबै प्रकारको खेलमा यथाशक्य सहयोग गर्दै आएको उल्लेख गर्नु हुँदै अगामी दिनमा समेत सहयोग जारी रहने बताएका छन । मुख्यमन्त्री राउतले खेल क्षेत्रलाई उत्कृष्ट बनाउन प्रदेश सरकारले प्रत्येक जिल्लामा प्रदेश स्तरीय र प्रदेश भित्र कम्ती ३÷४ वटा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने सोच समेत बनाएको जानकारी गराएका छन । कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश नं. खेलाडीहरुको उर्वर भूमि रहेको उल्लेख गर्नु हुँदै त्यस्ता खेलाडीहरुलाई उजागर गर्न प्रदेश सरकार हर सम्भव प्रयास गर्ने बताएका छन । उनले आधुनिक खेलका साथै मधेशका पारम्परिक खेलहरुको जगेर्ना गर्ने समेत प्रदेश सरकार प्रयत्नशिल रहेको बताएका छन । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले खेलकुद असल र अनुशासित नागरिक निर्माण गर्ने मुल श्रोत रहेकाले क्षमतावान खेलाडी पहिचान गर्न वडा स्तरबाटै प्रतियोगिता गराउने क्यालेण्डर निर्माण गरेर प्रदेश सरकार अघी बढने उल्लेख गरेका छन ।

रुपेश कुमार सिंहको अध्यक्षतामा भएको प्रतियोगिताको उघाटन सत्रमा वन उद्योग तथा पर्यटन राज्यमन्त्री सुरेश कुमार मण्डल, प्रदेश सभा सदस्य सुरिता साह, कौशल कुमार यादव, जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह, सुरक्षा निकायका पदाधिकारीहरु, खेलप्रेमी सहितको उपस्थिति रहेको थियो । प्रतियोगिताको उद्घाटन सत्रमा शहीद संजय चौधरी, नितु यादव, दिलिप यादव, रोहन चौधरी सहितको परिवारलाई मुख्यमन्त्री राउतले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो । १९ गते सम्म चल्ने प्रतियोगितामा नेपालबाट आयोजक जनकपुर, कलैया, विराटनगर, भैरहवा र काठमाण्डौ तथा भारत बाट पटना, दरभंगा र कानपुर गरि जम्मा ८ वटा टिम सहभागी छन ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤