Siraha Times
ताजा समाचार

प्रतीक र प्रीतिले जित्यो एक लाख नगद सहित मिस्टर र मिस मधेसको उपाधि

  • असोज २३, २०८०
  • १५२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम - जनकपुरधामको व्यापार महासंघको सभाहलमा सम्पन्न भएको इस्टर र मिस मधेश प्रतियोगितामा राजविराज न.पा. वार्ड न.८ बस्ने प्रतीक कुमार साहले मिस्टर मधेस तथा राजबिराज न.पा वार्ड न. १२ बस्ने प्रीति शर्माले मिस मधेसकी उपाधी आफ्नो नाममा गर्न सफल भएकी छिन।

गत शनिबार सप्पन्न यबि फिल्म प्रोडक्सन प्रा. लि.को आयोजनामा मिस्टर र मिस मधेस सिजन १ प्रतियोगिता गराईएको थियो । मधेस प्रदेश भरिकै अडिसन द्वारा छानिएका युवायुवतीहरुलाई विभिन्न चरणको प्रतिस्पर्धामा सामिल गराइएको थियो । प्रतिस्पर्धाको विभिन्न चरण पार गर्दै जम्मा १६ जना प्रतिस्पर्धीहरु अन्तिम सम्म पुग्न सफल भएका थिए । 

यिनै प्रतियोगीहरुलाई विभिन्न किसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ब्युटी प्याजेन्ट सम्बन्धि तालिमहरु दिई तयार गरिएका थिए । सुन्दरी प्रतियोगिता सम्बन्धि विभिन्न प्रकारको गलत अफवाहहरुलाई चिर्दै मधेस र मिथिला तथा नेपाल नेपालीको मौलिक सांस्कृतिकलाई आत्म साथ गर्दै प्रतियोगिता आयोजना गरिएको थियो ।

पुरुष तर्फको विजेता प्रतीक साह पछि राम रतन यादव , मनोज गुप्ता तथा सुरेन्द्र सिंह क्रमशःपहिलो , दोस्रो र तेस्रो रनर अप को उपाधी जितेका थिए । त्यस्तै महिला तर्फको विजेता प्रीति शर्मा पछि पुजा मिश्रा, प्रीयंका शर्मा तथा प्रीति ठाकुरले क्रमशः पहिलो , दोस्रो र तेस्रो रनर अप को उपाधी जितेका थिए । 

यस प्रतियोगिताको विजेता महिला र पुरुष दुबै तर्फको लाई छुटाछुट्टै एक एक लाख रुपैया पुरस्कार स्वरुप प्रदान गरिएको छ । साथै विजेताहरुले यस कम्पनी द्वारा निर्माण गरिने सर्ट मोवी तथा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्रदान गरिने छ । यसका साथै उपविजेताहरुलाई ट्रफी तथा कदर पत्र प्रदान गरिएको थियो । र उपविजेताहरुले मुस्ताङको सात दिने भ्रमको अवसर प्राप्त गरेको छ ।

कार्यक्रममा मधेस प्रदेसको पुर्व राज्य कृषि मन्त्री माननीय श्री संजय यादवको प्रमूख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो भने मधेसका विभिन्न कलाकार , समाजसेवी तथा पत्रकारहरु अतिथिका रुपमा उपस्थित भएका थिए । 

यस प्रकारको कार्यक्रम यस अघि पनि जनकपुरमा आयोजना गरिए पनि अहिले सम्म खासै सफलता पूर्व सम्पन्न हुन सकेका थिएन। मिस्टर र मिस मधेसको सफलता संगै यबि फिल्म प्रोडक्सनले इतिहास रचन सफल भएको छ । म्युजिक भिडियो तथा लघु फिल्महरु निर्माण गर्दै आइरहेको यस संस्थाको मिस्टर र मिस मधेस सिजन १ ड्रीम प्रोजेक्टको रुपमा रहेको थियो ।

विभिन्न आरोह अवरोधको लाई छिचोल्दै सिजन १ सफलता पूर्वक समापन गर्न पाएकोमा गौरवान्वित महसुस गरिरहेको कुरा यबि फिल्म प्रोडक्सनको संस्थापक तथा सिईयो राम एकवाल यादवले जानकारी गराउनु भयो । यादवले अगाडी थप्दै भन्नुभयो, यो सिजनले धेरै थोक सिकायो । आउँदा सिजनहरुमा अझ व्यापकता तथा परिपक्वताको साथ प्रस्तुत हुने छु । 

मिस्टर र मिस मधेस सिजन ओन लाई सफल पार्न सहयोग गर्ने मेरा आमा बुबा, दिनरात एक गरि खटिने , मेरा दाजु राजाराम यादव यस कार्यक्रमको अफिसियल कोरियोग्रफर सोनु कर्ण क्यामेरा म्यान बिनोद, मनिष र राघब निर्णायक सदस्यहरु श्री दिपिका उपाध्य, एम जि मेथुन र समर पुरी लेखक तथा कवि राम अधिन सम्भव लगायत काठमाडौ देखि जनकपुर सम्म आई सहयोग गरिदिने कार्यक्रम संचालन दुर्गा लाई नछुटाई यादवले धन्यवाद ज्ञापन गर्नुभयो ।

यसका साथै कार्यक्रममा सहभागी जनाएका प्रतिस्पर्धी भाइ बहिनी र आम दर्शक , समाजसेवी तथा पत्रकार भित्रहरुलाई धेरै धेरै धन्यवाद ज्ञापन गरेको कुरा संस्थापक यादवले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१