Siraha Times
ताजा समाचार

पुरातात्विक स्थलको रूपमा रहेको खप्टे डाँडामा उत्खनन् प्रयास

  • असोज २०, २०८०
  • ११७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज २० । सिरहाको लहान नगरपालिका वडा नं २४ मा रहेको खेसराहा स्थित खप्टे डाँडा पुरातात्विक पहिचानको रूपमा परिचित भएपनि यस ठाउँमा उत्खनन प्रयास गरिएको छ । प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (संशोधनसहित) ले “पुरातात्विक वस्तु” भन्नाले प्राग ऐतिहासिक कालमा मानिसले निर्माण गरी उपभोग गरेको वस्तु वा कुनै पनि देशको इतिहास बोध गराउने हस्तलिखित वंशावली, हस्तलिखित ग्रन्थ, स्वर्णपत्र, शिलापत्र, ताम्रपत्र, काष्ठपत्र, भोजपत्र, ताडपत्र, कागजपत्र, मुद्रा वा ऐतिहासिक घटना घटेको वा ऐतिहासिक विशिष्ट व्यक्ति बसेको घर र त्यस्तो व्यक्तिले प्रयोग गरेको वस्तु ढुंगा, काठ, माटो, हस्तिहाड, हाड, काँच, कपडा, कागज, धातु आदि वा बेलबट्टा भरी आकर्षक ढंगले बनाएको घरको कुनै महत्वपूर्ण भाग वा सो घरमा उपयोग गरिएका वस्तु वा बेलबुट्टा भरी वा नभरी बनाएको मूर्ति, देवदेवीको मन्दिर, चैत्य, शालिक, पौभाचित्र, राज प्रसादमा उपयोग भए–गरिएका वस्तु, पशुपन्छी, स्थावर जंगमको प्रतिकृति गरी तोकिदिएको वस्तु समेत सम्झनुपर्छ भनी व्याख्या गरिएको छ।

ऐनमा व्याख्या गरिएको बमोजिमका वस्तुहरू यस ठाउँमा विगतका वर्षहरूमा पाईएको अवस्था रहेको हुँदा हुँदै पनि केही व्यक्तिहरूको निहित स्वार्थका कारण यस ठाउँमा ग्रावेल माटो निकासीका लागि हालै ठाउँ ठाउँमा जेसिविको प्रयोगले खाल्डो खनेर स्वायल टेस्ट गरी हेरिएको छ । ग्रावेल निकासीको लागि आउने तिफर चालक लगाएतका व्यक्तिहरूलाई बस्नका लागि यस ठाउँमा यतिबेला धमाधम घर टहरा बनाउँदै आएको अवस्था पनि रहेको छ । धार्मिक तथा पर्यटकीय स्थलको रूपमा रहेको माणिक दहदेखि करिब दुई किलोमिटर उत्तरमा रहेको खप्टे डाँडा पुरातात्विक महत्वको स्थान मानिन्छ । यस ठाउँमा विगतका वर्षहरुमा पुरातात्विक विभागले गरेको खोज अनुसन्धानका वस्तुहरू अझ पनि सुरक्षित रहेको छ ।

यस ठाउँमा भइरहेको उत्खनन् प्रयासका बारेमा जिल्ला सनवन्य समिति सिरहाका प्रमुख दिनेश महतोलाई मोबाइल सम्पर्ग गर्दा " उत्खनन् समबन्धमा आफू र आफ्नो कार्यालयलाई कुनै जानकारी नभएको " बताउनु भएको छ । स्थानियको आँखा छल्दै यस ठाउँमा डिप ट्वेलको समेत ब्यबस्थापन गरेर धमाधम टहराँहरु बनाउँदै गरेपछि स्थानियले उक्त कार्यको बिरोध जनाएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन २०७२ का विभिन्न दफा उपदफामा स्थानीय सम्पदा र संस्कृतिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको अधिकार क्षेत्रमा रहने व्यवस्था गरेको देखिन्छ ।

प्राचीन स्मारक संरक्षण ऐन २०१३ मा स्थानीय सम्पदाहरूको संरक्षणको दायित्व प्रमुख जिल्ला अधिकारीमा रहने व्यवस्था छ । नेपालको प्राचीन ऐतिहासिक, साँस्कृतिक र पुरातात्विक सम्पदाको लेखाजोखा, वर्गीकरण तथा संरक्षणका जबाफदेही बोक्ने निकाय पुरातत्व विभागको बिना स्वकृती उत्खनन गर्नु गराउनु कानुन विपरित कार्य भएको अवस्थामा उक्साहट र राजनीतिक दम्बमा उत्खनन प्रयासमा लाग्नु कानून विपरित कार्य मानिन्छ ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१