Siraha Times
ताजा समाचार

कालिञ्चोक माविको जग्गा अतिक्रमण स्थानीयद्वारा सत्य तथ्य बाहिर ल्याउन माग

  • असोज २०, २०८०
  • ९०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असाेज १९ । दोलखा जिल्लाको विगु गाउँपालिका वडा नम्बर ८ मा रहेको श्री कालिञ्चोक माविको जग्गा अतिक्रमणमा परेको स्थानियको भनाई रहेको छ । सार्वजनिक विद्यालयको जग्गा स्थानिय सरकार बिगु ८ खोपाचागुको वडा अध्यक्ष हिरा धन्बिर थामीले अतिक्रमण गरेर भौतिक संरचना बनाएको स्थानियको आरोप रहेको छ । विद्यालयको जग्गा मिचेर आफ्नो निजी शौचालय र घर प्रयोजनका लागि स्टोर खडा गरेका वडा अध्यक्ष हिरा धन्बिरसंग डराएर कोही बोल्ने आँट र हिम्मत नगरेको अवस्थामा विद्यालयको सार्वजनिक जग्गा मिचिएको खवर सार्वजनिक भएपछि सत्य तथ्य बाहिर ल्याउनका लागि स्थानियले माग गर्दै आएका छन ।

विद्यालय परिसरमा रहेको जग्गालाई पूर्व गाउँविकास समिति अध्यक्ष तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका सार्की मान थामी र वाडा अध्यक्ष हिरा थामीको एकलौटी निर्णायका कारण उक्त सार्वजनिक जग्गा मिचिएको स्थानियले आरोप लगाएका छन् । विद्यालयको सार्वजनिक जग्गा कब्जामा राखेर समाजलाई चुनौती दिँदै आएका वडा अध्यक्ष थामिको बारेमा न्यायिक निकायले अनुसन्धान गर्न जरुरी रहेको देखिन्छ ।

राजनीतिक शक्तिको आडमा उनले सार्वजनिक जग्गालाई कब्जामा लिएपनि हालसम्म उक्त जग्गाको बारेमा शोध खोज हुन सकेको छैन । वास्तविक वस्तु स्थितिको बारेमा बुझेर जग्गा अतिक्रमण भएको हो वा होइन त्यसमा स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु समाजसेवी बुद्धिजीवी विभिन्न सरोकारवाला निकायहरुलाई सक्रिय भएर काधमा काध थापेर अघि बढ्न जरुरी एकातिर छ भने अर्कोतिर अनुसन्धानमा आरोपित व्यक्तिहरू पनि सहभागी भएर अगाडि आउनु पनि उत्तिकै जरुरी छ । साभार थाङ्मीचागु डट कम

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१