कालिञ्चोक माविको जग्गा अतिक्रमण स्थानीयद्वारा सत्य तथ्य बाहिर ल्याउन माग

  • असोज २०, २०८०
  • ७९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असाेज १९ । दोलखा जिल्लाको विगु गाउँपालिका वडा नम्बर ८ मा रहेको श्री कालिञ्चोक माविको जग्गा अतिक्रमणमा परेको स्थानियको भनाई रहेको छ । सार्वजनिक विद्यालयको जग्गा स्थानिय सरकार बिगु ८ खोपाचागुको वडा अध्यक्ष हिरा धन्बिर थामीले अतिक्रमण गरेर भौतिक संरचना बनाएको स्थानियको आरोप रहेको छ । विद्यालयको जग्गा मिचेर आफ्नो निजी शौचालय र घर प्रयोजनका लागि स्टोर खडा गरेका वडा अध्यक्ष हिरा धन्बिरसंग डराएर कोही बोल्ने आँट र हिम्मत नगरेको अवस्थामा विद्यालयको सार्वजनिक जग्गा मिचिएको खवर सार्वजनिक भएपछि सत्य तथ्य बाहिर ल्याउनका लागि स्थानियले माग गर्दै आएका छन ।

विद्यालय परिसरमा रहेको जग्गालाई पूर्व गाउँविकास समिति अध्यक्ष तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका सार्की मान थामी र वाडा अध्यक्ष हिरा थामीको एकलौटी निर्णायका कारण उक्त सार्वजनिक जग्गा मिचिएको स्थानियले आरोप लगाएका छन् । विद्यालयको सार्वजनिक जग्गा कब्जामा राखेर समाजलाई चुनौती दिँदै आएका वडा अध्यक्ष थामिको बारेमा न्यायिक निकायले अनुसन्धान गर्न जरुरी रहेको देखिन्छ ।

राजनीतिक शक्तिको आडमा उनले सार्वजनिक जग्गालाई कब्जामा लिएपनि हालसम्म उक्त जग्गाको बारेमा शोध खोज हुन सकेको छैन । वास्तविक वस्तु स्थितिको बारेमा बुझेर जग्गा अतिक्रमण भएको हो वा होइन त्यसमा स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु समाजसेवी बुद्धिजीवी विभिन्न सरोकारवाला निकायहरुलाई सक्रिय भएर काधमा काध थापेर अघि बढ्न जरुरी एकातिर छ भने अर्कोतिर अनुसन्धानमा आरोपित व्यक्तिहरू पनि सहभागी भएर अगाडि आउनु पनि उत्तिकै जरुरी छ । साभार थाङ्मीचागु डट कम

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१