विद्युत प्राधिकरणको मुख्य गेटमा पानी जमेको अवस्था निकाय मौन

  • असोज २०, २०८०
  • ६३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज २० । सिरहाको लहानमा रहेको नेपाल विद्युत प्राधिकरणको मुख्य गेटमा ठाउँ ठाउँमा पानी जमेको अवस्था रहेको देखिन्छ । पूर्व पश्चिम राजमार्गको दक्षिण लहान नगरपालिकाको वाडा नम्बर १ सिङराही स्थित रहेको नेपाल विद्युत प्राधिकरणको मुख्य गेट र ग्राहक साखा अगाडि आवत जावतलाई प्रभावित हुने गरी पानी जमे पनि हालसम्म निकाय मौन दर्शक बनेको अवस्था रहेको देखिन्छ ।

सामान्य वर्षाको समयमा पानी जम्ने अवस्थाको सिर्जना भै रहँदा पनि नेपाल विद्युत प्राधिकरण लहान शाखाले उक्त दृश्य प्रति ध्यान दिएको छैन । विद्युत प्राधिकरणको परिसरमा ठाउँ ठाउँमा रहेको खाल्डोमा पानी जमेर पोखरी भइरहँदा पनि हालसम्म उक्त ठाउँमा माटो भर्ने प्रयास गरिएको छैन । पोखरी झै देखिने परिसरको बारेमा कार्यालय प्रमुख हिमांशु यादवलाई संपर्ग गर्दा एक दुई दिन भित्र ग्रावेल माटो हाल्ने बताए । परिसरमा रहेको पोखरी झै पानीको भुसुनाले आफूहरुलाई दुःख दिँदै आएको ग्राहकहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१