ताजा समाचार

विद्युत प्राधिकरणको मुख्य गेटमा पानी जमेको अवस्था निकाय मौन

  • असोज २०, २०८०
  • ७७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज २० । सिरहाको लहानमा रहेको नेपाल विद्युत प्राधिकरणको मुख्य गेटमा ठाउँ ठाउँमा पानी जमेको अवस्था रहेको देखिन्छ । पूर्व पश्चिम राजमार्गको दक्षिण लहान नगरपालिकाको वाडा नम्बर १ सिङराही स्थित रहेको नेपाल विद्युत प्राधिकरणको मुख्य गेट र ग्राहक साखा अगाडि आवत जावतलाई प्रभावित हुने गरी पानी जमे पनि हालसम्म निकाय मौन दर्शक बनेको अवस्था रहेको देखिन्छ ।

सामान्य वर्षाको समयमा पानी जम्ने अवस्थाको सिर्जना भै रहँदा पनि नेपाल विद्युत प्राधिकरण लहान शाखाले उक्त दृश्य प्रति ध्यान दिएको छैन । विद्युत प्राधिकरणको परिसरमा ठाउँ ठाउँमा रहेको खाल्डोमा पानी जमेर पोखरी भइरहँदा पनि हालसम्म उक्त ठाउँमा माटो भर्ने प्रयास गरिएको छैन । पोखरी झै देखिने परिसरको बारेमा कार्यालय प्रमुख हिमांशु यादवलाई संपर्ग गर्दा एक दुई दिन भित्र ग्रावेल माटो हाल्ने बताए । परिसरमा रहेको पोखरी झै पानीको भुसुनाले आफूहरुलाई दुःख दिँदै आएको ग्राहकहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤