महाराजगन्जमा गोली लागेर नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी पत्नी घाइते 

  • असोज १९, २०८०
  • ७९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौँको असोज १९ । महाराजगन्जमा गोली लागेर घाइते भएकी शर्मिला चौधरीको उपचारको क्रममा मृत्यु भएको छ । उनी नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी पत्नी हुन् । १० असोजमा उनी गोली लागेको अवस्थामा भेटिएकी थिइन् । महानगरपालिका–४ पञ्चकन्या स्थित डेरामा घाइते अवस्थामा भेटिएकी उनलाई उपचारका लागी त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए । शर्मिला चौधरीले आफैँलाई गोली हानेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरी सहायक निरीक्षक चौधरीले बोक्ने पेस्तोलबाट दुई राउन्ड फायर भएको अनुसन्धानबाट थाहा भएको छ । शर्मिलाको कोखामा १ राउन्ड गोली लागेको थियो । लक्ष्मण चौधरी पूर्व आईजीपी ध्रुव बहादुर प्रधानको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) हुन् । लक्ष्मण र शर्मिलाको बीचमा मनमुटाब हुने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । ‘विवाद’ कै कारण शर्मिलाले आफैँलाई गोली प्रहार गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२४ का तिन विपन् ...

लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरे ...

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहाको छुट्टाछुट्टै ...

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१