बाराको विश्रामपुर गाउँपालिकाका अधिकृत लामिछाने पदको दुरुपयोग गर्दै

  • असोज १९, २०८०
  • ६९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १९ असाेज। बाराको विश्रामपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछाने आफ्नो पदको दुरुपयोग गर्दै आएका छन्। गाउँपालिकाको कार्यालय विश्रामपुरमा रहेता पनि प्रमुख प्रशासकीय अधिकृत लामिछाने बीरगंज स्थित क्वाटर लिएका छन्। त्यति मात्र होईन् विश्रामपुर गाउँपालिका लेखापाल सुशिल दहाल र गाउँपालिका अध्यक्ष जुलफर अलि भुटोले व्यक्तिगत प्रयोजनका लागि सचिवालय भनि पनि छुट्टाछुट्टै बीरगँजमा क्वाटर लिएका छन्। 

तिनै जनाले लिएको क्वाटरको भुक्तानी गाउँपालिका बाट हुने गरेको श्रोतको दाबि रहेको छ। श्रोतको अनुसार प्रमुख प्रशासकीय अधिकृत लामिछाने बीरगंज स्थित क्वाटर राखेपनि गाउँपालिकाको गाडी नै लिई प्रायः गरी हेटौंडा स्थित आफ्नो घरबाट आवतजावत प्रयोग गर्ने गरेका छन। प्रमुख प्रशासकीय अधिकृत लामिछानेले विश्रामपुर गाउँपालिकाको कार्यालय आवत जावत गर्न प्राय: हेटौडाबाट गर्ने गरेकोले सरकारी गाडिको समेत दुरुपयोग गर्ने गरेका पाईन्छ। भने उक्त सरकारी गाडिमा प्रयोग हुने ईन्धन पनि गाउँपालिका कै रहेकोमा शँका गर्न नै सकिदैन।

यसरी जनतासँग रहेको पहिलो सरकारको रुपमा स्थानिय तह विश्रामपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत लामिछाने जनताको खुन पसिनाबाट उठ्ने राजश्वबाट तलवभत्ता भत्ता खाई प्रमुख प्रशासकीय अधिकृत भएकोले आफ्नो पदको दुरुपयोग गर्दै आएका छन्। 

जनताको राजश्वबाट आएको गाउँपालिकाको बजेट प्रमुख प्रशासकीय अधिकृत लामिछानेले गाउँपालिकाको बिकास गर्नुको सट्टा आफ्नो बिकास गर्नमा तलिन रहेको देखिन्छ। किनभने गाउँपालिकाको बजेटबाट प्रमुख प्रशासकीय अधिकृत लामिछानेले बिरगंज स्थित आफ्नो , लेखापाल दहालको र गाउँपालिका अध्यक्ष भुटोको व्यक्तिगत प्रयोजनका लागि सचिवालय भनि छुट्टाछुट्टै क्वाटरको भुक्तानी गर्नुको साथै गाउँपालिकाको ईन्धन र गाडी आफ्नो निजि प्रयोग गरी साथै आसेपासेलाई जथाभाबी इन्धन बाँडने समेत गरेका छन् । त्यसैले पदको दुरुपयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत लामिछाने माथि सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक रहेको देखिन्छ। क्रमश.

प्रतिक्रिया दिनुहोस

लक्ष्मीपुर पतारीमा ए ...

लहान, ४ साउन । नेकपा एमाले लक्ष्मीपुर पतारी गाउँपालिका कमिटीका नेता तथा कार्यकर्ताहरूले गाउँपालिकामा ...

युवा घनश्याम यादव : ...

ओम प्रकाश यादव लहान ५ साउन । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाबाट उदाएका एक होनहार युवा, घनश्याम य ...

पालिकाको बेतिथी र भ् ...

रहमुल सिरहा ४ साउन । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका को बेतिथी र भ्रष्टाचार विरुद्ध नेकपा एमाले ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१