ताजा समाचार

जैबिक मल आफै उत्पादन गर्ने सखुवानन्कारकट्टी गाउँपालिकाको तयारी

  • असोज १५, २०८०
  • ९९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १५ असोज सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका र राष्ट्रिय कृषक समुह महासंघ संगको साझेदारीमा ५७ वटा कृषक समुह लाई विभिन्न कृषि जैबिक बिषादी बनाउने सामग्रीहरु गा. पा. अध्यक्ष केदारनाथ यादव द्वारा वितरण भएको छ। यस बर्ष धान खेतीमा पालिका भरीका लगभग ३५० जना किसानको खेतमा जैबिक मल प्रयोग गराइएको छ र माटो सुधार हुनुको साथै धान बाली राम्रो देखिएको छ। अब आउने दिनमा समुह सहकारी मार्फत जैबिक मल उत्पादन बढाउने खेत र पेट दुबै निको पार्ने, पालिकालाई अर्गानिकमय बनाउने सोचमा रहेका केदारनाथ यादवको नेतृत्वको स्थानीय सरकारलाई केयर नेपाल लगायत अन्य संघ संस्थाको भरपुर सहयोग रहेको छ।

यस पालिकामा किसानै किसानले भरिएको छ र यहाँका नागरिकको मुख्य आयस्रोत भनेको कृषि हो। हरेक खेतीको लागी उपयुक्त रहेको यस पालिको माटो बाट हाल सम्म लिनु जति आम्दानी लिन सकेको छैन कारण हाल सम्म किसानको मुदा प्रति बहस हुन सकेको छैन। किसानलाई सिचाइ, मलबिउ र यान्त्रिकीकरण बजारीकरणको समस्या छ।

र यसपाली युवा होनहार युवा जनप्रतिनिधि पठाइएका छन जन्ताले यो स्थानीय सरकारमा तर पनि समस्या किन? किन कृषिमा क्रान्ति शुरु गर्दैन यो सरकारले के यो चिन्ताको बिषय होइन र? सदियौ देखि जनप्रतिनिधिहरुले कृषि क्षेत्रलाई बेवास्ता गर्दै आएको कसै संग लुकेको छैन तर पनि उत्पादन भै नै रहेको छ। आफ्नै बलबुतामा चलि रहेको किसानको अब हाथ खुट्टा डगमगाउन थाल्यो र यसलाई बचाउन सरकार दरो रुपमा उभिन जरुरी देखिएको छ। अनुदान किसानलाई वितरण नभएको होईन तथ्यांक अनुसार धेरै अनुदान बाडेको देखिन्छ तर असल किसानको घर खल्यानमा पुगेको छैन। आखिर यो अनुदान कहाँ गयो सबलाई थाहा छ। आइन्दा यस्तो न होस। किसान प्रति सरकारको ध्यानाकर्षण होस।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤