ताजा समाचार

नारायणी अस्पतालका लाखौं लाखका काठ र हार्डवेयरका सामानहरु चोरी गरेर विक्री गरेका यादव, अधिकारी र माझी माथि कसले कारवाही गर्ने ?

  • असोज १५, २०८०
  • ९९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १५ असोज । नारायणी अस्पतालका भ्रष्टाचारीहरु तत्कालिन स्टोर प्रमुख हाल प्रशासन शाखामा कार्यरत्त नायब सुब्बा सुशिल यादव, सहायक स्टोर प्रमुख दामोदर अधिकारी र तत्कालिन लेखापाल सुदिप माझीले अस्पतालको भवनबाट निस्केका लाखौ लाखका काठ र हार्डवेयरका सामानहरु चोरी गरेर विक्री गरेको यथार्थ समाचारहरु सञ्चारमाध्यमहरुमा प्रकाशित भए पनि हालसम्म कुनै किसिमको कारवाही प्रक्रिया अगाडि नबढदा अस्पतालका अन्य कर्मचारीहरु आश्चर्यमा रहेका छन् ।

करिब एक वर्ष अगाडि अस्पतालको पश्चिम तर्फ जिर्ण अवस्थामा रहेको दुई वटा दुई तल्ले भवन भत्काउँदा त्यसमा रहेको पुरानो लाखौं लाखको काठ र हार्डवेयरका सामानहरु यादव, अधिकारी र माझी मिली चोरी गरेर विक्री गरेको आरोप त्यहीका कर्मचारीहरुको रहेको छ । दुई तल्ले रहेको एउटा भवनमा ८ वटा कोठाहरु र अर्को भवनमा ६ वटा कोठाहरु रहेका थिए । सरकारी कार्यालयका जिर्ण अवस्थामा रहेका सामानहरु नियम प्रक्रिया पु¥याई टेण्डर गर्नु पर्ने ठाउँमा यी चोर कर्मचारीहरुले विक्री गरेर आ–आफ्नो व्यक्तिगत लाभ लिएकोमा तत्कालिन मेडिकल सुपरिटेन्डेन्ट डा. बिरेन्द्र बहादुर प्रधानले कारवाही प्रक्रिया अगाडि बढाउनु पर्नेमा उनले केही नगरी आफु लुटने सम्म लुटी रिटायरको जिन्दगी बिताउन बाध्य भएका छन् ।

वर्तमान मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले यथार्थ कुरा जानेर पनि कारवाही प्रक्रिया अगाडि नबढाउंदा उनी माथि पनि अनेकन किसिमका शंका उपशंका उब्जिएको छ । तत्कालिन स्टोर प्रमुख सुशिल यादवको सरुवा शहरी सघन कार्यालय वीरगंजमा भए पनि उनी भ्रष्टाचार गर्नकै लागि असोज ९ गते काजमा पुनः नारायणी अस्पतालमा गई हाल प्रशासन शाखामा कार्यरत्त रहेका छन् ।

सहायक स्टोर प्रमुख दामोदर अधिकारी काठ र हार्डवेयरका सामानहरु चोरी गरेर विक्री गरेको समय देखि हालसम्म त्यही कार्यरत्त रहेका छन् । अधिकारीले अस्पतालका कर्मचारी र चिया पसलहरुमा म नेपाली काँग्रेसको समर्थक हुँ, मेरो माथि सम्म राम्रो पहुँच छ, म माथि कारवाही त के, कसैले केही गर्न नसक्ने ठोकुवा गर्दै हिडेको उनको भनाईलाई उदृत गर्दै स्रोतले जनाएको छ ।

तत्कालिन लेखापाल सुदिप माझी हाल आन्तरिक राजस्व कार्यालय पर्सामा कार्यरत्त रहेका छन् । नारायणी अस्पतालमा आन्तरिक प्रशासन र अस्पताल विकास समिति हुँदा हुँदै पनि यादव, अधिकारी र माझी माथि कुनै किसिमको छानबिन नहुनु, कारवाही प्रक्रिया अगाडि नबढनुले अस्पतालकै नियत माथि शंका उब्जेको स्रोतले जनाएको छ ।

यथाशिघ्र अस्पताल प्रशासनले छानबिन प्रक्रिया अगाडि नबढाए जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियमनकारी निकायमा लाखौं लाखका काठ र हार्डवेयरका सामानहरु चोरी गरेर बिक्री गरेका यादव, अधिकारी र माझी माथि उजुरी दिने तयारी भईरहेको ती स्रोतको कथन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤