प्रहरीद्धारा अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईयो

  • असोज १४, २०८०
  • ८५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव सिरहा असाेज १४। “माया हेरचाह र सम्मानित व्यवहार, जेष्ठ नागरिक प्रति कृतज्ञता नै सभ्य र सुरक्षित समाजको आधार” भन्ने मुल नाराका साथ बर्दिया प्रहरीले जेष्ठ नागरिक दिवस मनाएको छ । प्रहरी कार्यालयको आयोजनामा बर्दिया गुलरिया नगरपालिका-०९ मथुरा स्थित जेष्ठ नागरिकहरुको हक अधिकार एवं जेष्ठ नागरिकहरुलाई अन्य उमेर समुहका व्यक्तीहरुले गर्नुपर्ने आदर सम्मानका साथै शिष्ट व्यबहार सम्बन्धी सचेतनामुलक कार्यक्रम गरी अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईएको छ ।

करिव ३५० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालज्यू, प्रहरी निरीक्षक चक्र बहादुर देउवाज्यू र सोही वडाका वडा अध्यक्ष हरि प्रसाद पासीज्यूले आ-आफ्नो मन्तव्य समेत प्रस्तुत गरेर कार्यक्रम सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१