अबैध मोबाईलसहित मानिस पक्राऊ

  • असोज १४, २०८०
  • ७०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल सिरहा असाेज १४। बाँकेको नेपालगंज उ.म.न.पा.२० राझा एयरपोर्टबाट बुद्ध एयरलाईन्सको जहाजबाट काठमाण्डौं जानको लागी बिमानस्थलमा आएका ब्यक्तिहरुको झोला एयरपोर्टको एक्सरे मेसिनमा राखि एक्सरे मेसिनद्वारा चेकजाच गर्दा झोलामा लुकाई छिपाई ल्याएका बिभिन्न कम्पनीका मोवाईल थान ३२ अं.मुल्य रु.९,००,०००।– (नौ लाख) बराबरको फेला परेको बाँके प्रहरीले जनाएको छ । मोबाइल सहित पक्राऊ परेका मानिसहरुलाई आवस्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगंज पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पक्राऊ गरिएका व्यक्तिहरू भारत साई बाबा नगर ईन्दौर सुदामा नगर मध्य प्रदेश बस्ने बर्ष ३८ को अमित सोलंकीको साथबाट वान प्लस मोबाईल थान -२ OPPO मोबाईल थान-२, REALME मोबाईल थान-२, MI मोबाईल थान-२ गरी जम्मा थान ८ मोबाईल फेला परेको छ साथै पागनीसपागा ईन्दौर मध्य प्रदेश बस्ने बर्ष ३७ को सचिन कुकरेजाको साथबाट वान प्लस मोबाईल थान -४, OPPO मोबाईल थान-२ VIVO थान -२ गरी जम्मा थान ८ र भारतको द्वारकापुरी आईडियल स्कुलको पास ईन्दौर मध्य प्रदेश बस्ने बर्ष ३९ को कमल बंसारीको साथबाट वानप्लस थान -१, VIVO थान -२,REDMI थान-२, SAMSUNG थान-२, REALME मोबाईल थान-१ गरी जम्मा -८ थान त्यस्तै भारतको ब्लक काँलोगी मध्य प्रदेश बस्ने बर्ष ३६ को अमित सोलंकीको साथबाट वान प्लस मोबाईल थान -४, OPPO मोबाईल थान-१,REDMI थान १, SAMSUNG थान-२ गरी जम्मा थान-८ फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१