ताजा समाचार

अबैध मोबाईलसहित मानिस पक्राऊ

  • असोज १४, २०८०
  • ८५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल सिरहा असाेज १४। बाँकेको नेपालगंज उ.म.न.पा.२० राझा एयरपोर्टबाट बुद्ध एयरलाईन्सको जहाजबाट काठमाण्डौं जानको लागी बिमानस्थलमा आएका ब्यक्तिहरुको झोला एयरपोर्टको एक्सरे मेसिनमा राखि एक्सरे मेसिनद्वारा चेकजाच गर्दा झोलामा लुकाई छिपाई ल्याएका बिभिन्न कम्पनीका मोवाईल थान ३२ अं.मुल्य रु.९,००,०००।– (नौ लाख) बराबरको फेला परेको बाँके प्रहरीले जनाएको छ । मोबाइल सहित पक्राऊ परेका मानिसहरुलाई आवस्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगंज पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पक्राऊ गरिएका व्यक्तिहरू भारत साई बाबा नगर ईन्दौर सुदामा नगर मध्य प्रदेश बस्ने बर्ष ३८ को अमित सोलंकीको साथबाट वान प्लस मोबाईल थान -२ OPPO मोबाईल थान-२, REALME मोबाईल थान-२, MI मोबाईल थान-२ गरी जम्मा थान ८ मोबाईल फेला परेको छ साथै पागनीसपागा ईन्दौर मध्य प्रदेश बस्ने बर्ष ३७ को सचिन कुकरेजाको साथबाट वान प्लस मोबाईल थान -४, OPPO मोबाईल थान-२ VIVO थान -२ गरी जम्मा थान ८ र भारतको द्वारकापुरी आईडियल स्कुलको पास ईन्दौर मध्य प्रदेश बस्ने बर्ष ३९ को कमल बंसारीको साथबाट वानप्लस थान -१, VIVO थान -२,REDMI थान-२, SAMSUNG थान-२, REALME मोबाईल थान-१ गरी जम्मा -८ थान त्यस्तै भारतको ब्लक काँलोगी मध्य प्रदेश बस्ने बर्ष ३६ को अमित सोलंकीको साथबाट वान प्लस मोबाईल थान -४, OPPO मोबाईल थान-१,REDMI थान १, SAMSUNG थान-२ गरी जम्मा थान-८ फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤