ताजा समाचार

शक्ति महिला सामुदायिक संस्थाको अगुवाईमा शुभकामना आदानप्रदान

  • असोज १४, २०८०
  • ८५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज १४ । सिरहाको धनगढीमाईको कवर्ड हलमा धनगढीमाई वाडा नम्बर ९ मा रहेको शक्ति महिला सामुदायिक संस्थाको आयोजनामा भव्यताका साथ जितिया पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाकी अध्यक्ष खुश्बू ताजपुरियाको अध्यक्षतामा बिहान करिब १० बजे देखि आयोजना गरिएको कार्यक्रममा नगरका सबै वडाका करिब ३०० महिलाहरुको उपस्थितिमा जितिया पर्वको शुभकामना आदानप्रदान गरिएको थियो ।

धनगढीको जिरोमाईलमा रहेको कवर्ड हलमा पहिलो पटक शक्ति महिला सामुदायिक संस्थाले जितिया पर्वको अवसरमा शुभ कामना कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा गाउँ गाउँबाट सहभागिताका लागि उक्त कार्यक्रममा पुगेका महिला दिदी बहिनीहरूलाई नगरका वरिष्ट महिला प्रतिनिधिहरूले शुभकामना दिनु भएको थियो । कार्यक्रममा वक्ताहरुले शक्ति महिला सामुदायिक संस्थाले महिला माथि हुने सबै प्रकारका हिंशाहरुको विरुद्धमा आवाज उठाउँदै समाजलाई सचेत बनाउँदै आएको अवस्था रहेको बताए ।

नगरमा आफ्ना स्थापना समयदेखि यस संस्थाले महिलाहरुको हितमा फाइदाजनक कार्यक्रमहरु गर्दै आएको अवस्था रहेको हुनाले शक्ति महिला सामुदायिक संस्थाको माग गाउँ गाउँबाट बढिरहेको अवस्था रहेको छ । " आफ्नो संस्कृति आफै जोगाऔं " भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा महिला दिदीबहिनीहरुले जातीय पहिरनमा सजिएर जितिया पर्वको मूल मर्मलाई ख्याल गर्दै सांस्कृतिक नाच गान सहित कार्यक्रमलाई अगाडि बढाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤