होस्टेलमा बालकको रहस्य मृत्यु

  • असोज १३, २०८०
  • ८२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान असाेज १३ । कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर-६ स्थित "उषा बाल बाटिका विद्यालय " को होस्टेलमा एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन । सुर्खेतको वीरेन्द्रनगर बजारमा रहेको उषा बाल बाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएका थिए । मृत बालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–१ का ८ बर्षीय सलाम पुलामी मगर रहेको बुझिएको छ ।

सलाम शुक्रबार साँझ होस्टेलकाे खाटमा झुण्डिएको अवस्थामा फेला परेपछि आफन्तहरुले स्कुलमा तोडफोड तथा आगजनी समेत गरेको समाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । बालकको मृत्यु पछि उत्पन्न परिस्थिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रु ग्याँस समेत प्रहार गरेको बुझिएको छ । होस्टेल भित्र झुण्डिएको अवस्थाको फोटो सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि वास्तविकता बुझ्न जिल्ला प्रहरी कार्यालय सुर्खेतमा फोन सम्पर्क  गर्दा केहिबेर फोन नउठेन पछि  फोन उठ्दा  । होस्टेल भित्र भएको यस्तो अमानवीय घटनाको बिस्तृत अनुसन्धान भैरहेको जानकारी जिल्ला प्रहरी कार्यालय सुर्खेतले सिरहाटाइम्सलाइ  दिए  ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१