Siraha Times
ताजा समाचार

होस्टेलमा बालकको रहस्य मृत्यु

  • असोज १३, २०८०
  • ९२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान असाेज १३ । कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर-६ स्थित "उषा बाल बाटिका विद्यालय " को होस्टेलमा एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन । सुर्खेतको वीरेन्द्रनगर बजारमा रहेको उषा बाल बाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएका थिए । मृत बालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–१ का ८ बर्षीय सलाम पुलामी मगर रहेको बुझिएको छ ।

सलाम शुक्रबार साँझ होस्टेलकाे खाटमा झुण्डिएको अवस्थामा फेला परेपछि आफन्तहरुले स्कुलमा तोडफोड तथा आगजनी समेत गरेको समाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । बालकको मृत्यु पछि उत्पन्न परिस्थिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रु ग्याँस समेत प्रहार गरेको बुझिएको छ । होस्टेल भित्र झुण्डिएको अवस्थाको फोटो सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि वास्तविकता बुझ्न जिल्ला प्रहरी कार्यालय सुर्खेतमा फोन सम्पर्क  गर्दा केहिबेर फोन नउठेन पछि  फोन उठ्दा  । होस्टेल भित्र भएको यस्तो अमानवीय घटनाको बिस्तृत अनुसन्धान भैरहेको जानकारी जिल्ला प्रहरी कार्यालय सुर्खेतले सिरहाटाइम्सलाइ  दिए  ।

प्रतिक्रिया दिनुहोस

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१