Siraha Times
ताजा समाचार

दुर्घटनामा दुई जना सामान्य घाइते

  • असोज १३, २०८०
  • ९६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज १३। चोहर्वा सिरहा सडखण्डमा आज बिहान करिब ९ बजेर ३० मिनेटको समयमा समान दिशातर्फ गइरहेको गाडीलाई पछाडिबाट बाईकले ठक्कर दिँदा बाईकमा सवार दुई जना सामान्य घाईते भएका छन । पूर्व पश्चिम राजमार्गको चोहर्वा सिराहा सडक खण्डको सिराहा सदरमुकाम तर्फ आइरहेको हिमालय सुगर मिलको गाडी ज १ च ११६३ नम्बरको गाडीलाई सामान दिशातर्फ आउदै गरेको स १ प २१७५ नम्बरको बाइकले पछाडिबाट ठक्कर दिँदा बाईकमा सवार दुई जना घाइते भएका थिए ।

दुर्घटनामा परी बाईक चालक अक्षय चौधरीको चिउँडोमा चोट लागेको छ भने बाईक पछाडि सवार पृथ्वी नारायण चौधरीको दायाँ खुट्टामा चोट लागेको बताइएको छ । गाडीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । नरहा गाउँपालिका वडा न:३ मा रहेको हिमालय सुगर मिलका पिअकप गाडी र मोटरसाइकल बीच भएको दुर्घटनाको बारेमा स्थानियले प्रहरीमा खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१