ताजा समाचार

प्रतिबन्धित औषधीसहित मानिस पक्राऊ

  • असोज १०, २०८०
  • १०४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज १० । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं.७ बस्ने बर्ष ५० को बिरेन्द्र कुमार झाले आफ्नै घरमा प्रतिबन्धित औषधी संचय गरी बिक्री बितरण गरी रहेको भन्ने बिशेष सुचनाको आधारमा उनलाई पक्राऊ गरिएको छ । ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरीक्षक सहितको टोली र चौदण्डीगढी नगरपालिका स्वास्थ्य शाखाको स्वास्थ्य उप-प्रमुख लक्ष्मी प्रसाद चौधरी समेतको टोलीले घर खानतलासी गर्ने क्रममा उनको घरबाट प्रतिबन्धित औषधीहरु फेला परेको थियो ।

उनको घरबाट प्रतिबंधित औषधिहरु ट्रामाडोल १० बट्टामा ३०२ पत्ता (जम्मा ३०२० ट्याबलेट), स्पासेन ४ बट्टामा २१६ पत्ता (जम्मा २१६० ट्याबलेट), ओपिडोल १५ बट्टामा २१० पत्ता जम्मा २१०० ट्याबलेट) फेला परेको थियो । बरामद औषधि सहित पक्राऊ गरिएको झालाई अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय बेल्टारमा ल्याएपछि बिरेन्द्र कुमार झाको स्वास्थ्यमा समस्या देखा परेपछि उपचारको लागि आफन्तलाई जिम्मा लगाईएको थियो । बरामद औषधि आवश्यक कार्वाहीको लागि औषधी ब्यवस्था विभाग बिराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤