ताजा समाचार

शिक्षक महासंघले दिए धोखा आन्दोलनरत शिक्षकमाथि प्रहरी दमन

  • असोज १०, २०८०
  • ८२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज १०। नेपाल सरकारले अदुरदर्शिता कायम गर्दै शिक्षकहरुको हित विपरित ल्याएको ऐनको विरुद्धमा देशभरिका शिक्षकहरु राजधानी केन्द्रित आन्दोलन गर्दै आएको छ । देशभरिका शिक्षकहरु आन्दोलनको क्रममा राजधानी पुगेपछि शिक्षक महासंघले सडक आन्दोलनका लागि आह्वान गरेबमोजिम आन्दोलनमा उत्रिएका शिक्षकहरुलाई अलपत्र छोडेर सुटुक्क भागेपछि शिक्षकहरु झन् आन्दोलित भएका छन ।

एउटै विद्यालयमा कार्यरत विभिन्न प्रकारका शिक्षकहरुको मागलाई ख्याल नगरी मुट्ठीभरका शिक्षक महासंघका प्रतिनिधिहरूले सरकारसँग वार्ता गर्दै आन्दोलनबाट भागेपछि सडक झन् तातिएका हुन । सरकारी रबैयाका कारण विगतमा शिक्षक महासंघले सरकारसँग गरेका वार्ताहरु हराएर राष्ट्रका धेरै शिक्षकहरु विस्थापित भई उनीहरूको घरबार विहिन भएको अवस्था समेत रहेको पाइन्छ ।

वर्षौ नियमित विद्यालयमा योगदान गर्दै आएका शिक्षकहरुलाई विभिन्न बाहानामा हटाउने प्रक्रियाको थालनी हुन जायज कदापि होइन । विद्यालयमा कार्यरत सबैलाई बिना परीक्षा योगदानको आधारमा स्थायी हुनु आजको आबस्यकता हो । आफ्ना जायज माग राखेर आन्दोलन गर्दै आएका शिक्षक प्रति प्रहरीद्वारा भएको दमन समाजको लागि राम्रो मानिन्न । काठमाडौंको वानेश्वरमा भएको शिक्षकहरुकाे शान्तिपूर्ण आन्दाेलनमा प्रहरीले लाठी चार्ज र धरपकड गरेको छ ।

बौद्धिक वर्गमाथि गरिएको प्रहरी दमनमा आज एक शिक्षिकाको खुट्टा भाचिएको छ । प्रहरी दमनले गर्दा पर्साको ठोरी गाउँपालिकामा रहेको ज्ञान ज्योति मा वि घ्याङडाँडाका शिक्षिका संजिता खत्रीको खुट्टा भाचिएको छ । शिक्षकहरु आन्दोलनमा उत्रिएका बेला आफूलाई जनताको सरकार कहलाउने माओबादीका शीर्ष नेता प्रचण्डले शिक्षकप्रति भइरहेको अमानवीय ब्यबहारको हालसम्म सम्बोधन गर्न नसक्नुले सरकार फेल भएको स्पष्ट बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤