दोहोरो नागरिकताका साथ आलम

  • असोज ९, २०८०
  • ८६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज ८ । नेपाली राजनीतिक बृत्तमा घटना परिघटनाहरु बाहिरी रहेको अवस्थामा राष्ट्रिय युवा संघका एक नेताले दोहोरो नागरिकता लिएको रहस्य बाहिरिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ मोरङका उपाध्यक्ष मोहम्मद मजहर आलमले दोहोरो नागरिकता लिएको पाईएको छ । मोरङ जिल्लाको विराटनगर महानगरपालिका- १७ रानीका स्थायी निवासी आलमले नेपालबाट बंशज नागरिकता लिएका हुन ।

चलाक आलमले छिमेकी राष्ट्र भारतको अररिया जिल्लाको यादव टोला शैफगंज ईदगाहाको शिफगंजबाट भारतीय नागरिकता समेत लिएको रहस्य बाहिरिएको छ । एउटै नागरिकले दुई राष्ट्रको नागरिकता धारण गर्न नहुने कानूनी व्यबस्था भएपनि उनले दोहोरो नागरिकता लिएर पनि नेपाली राजनीतिक दलका भातृ संगठनको रूपमा रहेको सम्मानित संगठनको गरिमामय पद धारण गर्नु चिन्ताको विषय हो । श्रोत सामाजिक सञ्जाल ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१