ताजा समाचार

विश्व फार्मासिस्ट दिवसकाे अवसरमा दाङमा दिप प्रज्वलन कार्यक्रम

  • असोज ९, २०८०
  • ९१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स  असाेज ९ । विश्वभर हरेक वर्ष सेप्टेम्बर २५ लाई विश्व फर्मासिस्ट दिवसको रूपमा मनाईदै आएको छ। विश्वभर रहेका करिब एक सय ४४ फार्मेसी संगठन र चार लाख भन्दा बढी फर्मासिस्टहरु सदस्य रहेको अन्तर्राष्ट्रिय फर्मास्युटिकल महासंघ (एफ आइ पि) परिषद्को २००९ मा टर्किको स्तानबुलमा बसेको बैठकले गरेको निर्णय अनुसार हरेक वर्ष यो दिवस मनाईने गरिन्छ । बिश्व फार्मेसी दिवसको अबसरमा नेपाल फार्मेसी संघ दाङ शाखाद्वारा तुल्सिपुरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम अघि लगाइएको नारामा ,’अवैध औषधि पसल बन्द गरौ’, ‘औषधिको समुचित प्रयोग गरौं’, ‘फार्मासिस्टको सल्लाहबाट मात्र औषधिको प्रयोग गरौ’, जस्ता नाराहरुसहित पम्पलेटहरु प्रदर्शन गरिएको थियो ।

विश्व फर्मासिस्ट दिवस देशैभरी “Pharmacy Strengthening Health System “भन्ने मुल नाराका साथ मनाईएको हो । दिवसका अवसरमा राजधानी काठमाडौँ लगाएत नेपालगञ्ज, धनगढी, बीरगञ्ज, बिराटनगरमा विविध कार्यक्रम गरी मनाइएको छ । दाङको तुलसीपुरमा दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको २५ तारिकको दिन विश्वव्यापी रूपमा मनाइने “विश्व फार्मासिस्ट दिवस” नेपाल फार्मेसी संघ दाङ शाखाका अध्यक्ष सुलभ अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रम दीप प्रज्वलन गरी मनाइएको छ ।

आयोजित कार्यक्रममा जिल्लाका बिभिन्न फार्मेसी पेसाका व्यक्तिहरुको सहभागिता रहेको थियो । दिवसको अवसरमा सहभागी वक्ताहरुले हरेक अस्पतालले आफ्नै फार्मेसी संचालन गर्नु पर्ने नियम कार्यान्वयनमा लिएर आउनुपर्ने, औषधि बिक्री फर्मासिस्टले मात्र गर्नुपर्ने जस्ता कुराहरू प्रति आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤