ताजा समाचार

कपिलवस्तु विजयनगरमा पनि शिक्षकले बुझाए ज्ञापन–पत्र

  • असोज ४, २०८०
  • ८०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, ४ असोज । कपिलवस्तुको विजयनगर गाउँपालिकाका शिक्षकहरुले पनि गाउँपालिकामा ज्ञापन–पत्र बुझाएका छन् । उनीहरुले शिक्षकका जायज मागहरुलाई यथाशीघ्र सम्बोधन गर्न गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, शिक्षा अधिकृत हरिहर बेल्बासेलाई बिहिबार ज्ञापन–पत्र बुझाएका छन् । आन्दोलित शिक्षकले श्याम प्रकाश चौधरीको अध्यक्षतामा संघर्ष समितिसमेत गठन गरिएको छ । जसको उपाध्यक्षमा पम्फा पाण्डे, सचिवमा बालजी प्रसाद कुर्मी र कोषाध्यक्षमा गोमा खड्का रहेका छन् । नेपाल शिक्षक महासंघ र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बिचमा विगतमा भएका ३० बुँदे र ५१ बुँदे सहमति तथा नेपाली शिक्षक तथा विद्यालय कर्मचारीहरुका माग तथा हकहितको प्रतिकूल हुने गरि विधेयक ल्याएको भन्दै आन्दोलित शिक्षक असन्तुष्टि जनाएका छन् ।

संघर्ष समितिका अध्यक्ष श्याम प्रकाश चौधरीले नेपाल सरकारले विद्यालय शिक्षा सम्बन्धी कानून तथा संसोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संघीय संसदमा दर्ता भएको विधेयकमा शिक्षकको हित अनुकूल नभएको बताएका छन् । पटक–पटक छलफलपछि सरकार यो विधेयकमा शिक्षकका मागहरुलाई बेवास्ता गरि मनोमानी तरिकाले संसदबाट पारित गराउन खोज्नु शिक्षा तथा विद्यालय कर्मचारीको लागि धोका भएको उनको भनाई छ ।

उनीहरुले यस विधेयकले एकातिर स्थायी, अस्थायी, करार, राहत, साविक उमावि शिक्षण सिकाई अनुदान विशेष शिक्षक, प्राविधिक धार, बालबाविकास विद्यालय कर्मचारी लगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मूलभूत माग मुद्धालाई सम्बोधन गर्न नसकेको शिक्षक संघर्ष समितिको ठहर छ । अर्कोतिर संविधान प्रदत्त टे«ड युनियन अधिकारमा पनि अंकुश लगाउन खोजेको आरोप लगाउँदै साथै यसले आम शिक्षक तथा विद्यालय कर्मचारीको पेशागत सम्मान, सुरक्षा र मर्यादामा नकारात्मक असर पारी शिक्षाको गुणस्तरमा गम्भीर संकट सिर्जना गर्न निश्चित रहेको उनीहरुको भनाई छ ।lllll “यो सबै प्रकारका समस्याहरुको एकमुष्ठ समाधान गर्न लागि शिक्षक महासंघ राष्ट्रिय कार्यसमितिको आव्हान तथा नेपाल शिक्षक महासंघ र आबद्ध सबै घटकहरुको बैठकबाट विजयनगर गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालय बन्द गर्ने र कडा आन्दोलनमा जाने निर्णय भएकोले सम्पूर्ण शिक्षक कर्मचारीहरुलाई अनुरोध गर्दछौँ । साथै विद्यार्थीहरुको शिक्षण सिकाई क्रियाकलापमा यस आन्दोलनबाट पर्न जाने क्षतिको हामी सम्पूर्ण शिक्षकहरुले बिदाका दिनहरुमा मिलान गरि भरपाई गरिने छौँ” भनि ज्ञापन–पत्रमा उल्लेख गरिएको छ ।

प्रतिनिधि सभा सदस्य मंगल प्रसाद गुप्ताले शिक्षकहरुले माग गरेका केही बुँदामा मात्र सहमति रहेको बताउँदै शिक्षण क्रियाकलापमा असर नपर्ने गरि अगाडी बढ्नुपर्ने आवश्यकता रहेको जिकिर गरेका छन् । उनले नेपालको शिक्षाको गुणस्तर कमजोर भएका कारण विदेशमा अध्ययन गर्न समस्या भएको बताउँदै शैक्षिक गुणस्तरमा सबैले लाग्नुपर्ने बताए । शिक्षा बिना कुनै पनि क्षेत्रमा विकास हुन नसक्ने हुँदा संसदमा आवाज उठाउनेसमेत उनले बताए । शिक्षाको जायज मागका लागि आफु तत्पर रहेको सांसद गुप्ताको भनाई । यस्तै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विद्यालय बन्दले असर पर्ने बताउँदै संघीयताको मर्म बुझ्न जरुरी रहेको बताए । शिक्षकको हकहितमा राज्यले सम्बोधन हुनुपर्ने उनको भनाई छ । अध्यक्ष थापाले शिक्षाको गुणस्तरमा असर नपर्ने गरि जायज मागलाई लिएर अगाडी बढ्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤