शिक्षक महासंघको आन्दोलन जारी

  • असोज ४, २०८०
  • ५३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव निरज/मध्यान्ह काठमाडौंः शिक्षक महासंघले आज पनि आन्दोलन जारी राखेको छ । सरकारले संसदमा पेस गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरुले माइतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । सरकारले शिक्षकहरूसँग पहिलो चरणको वार्ता समेत गरेको छ । बिहीबार बिहान गृह मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिक्षकहरूले वार्ता गरेका हुन् । छलफल भने निष्कर्षविहीन भएको हो । शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन गर्न नसकेको भन्दै महासंघले आन्दोलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१