ताजा समाचार

लागू औषध सहित दुईलाई लिए प्रहरीले नियन्त्रणमा

  • भदौ ३०, २०८०
  • ११०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ ३० । सप्तरी जिल्लाको बलानविहुल गाउँपालिकाबाट लागू औषध सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मधेश प्रदेशको प्रहरी टोली सहित, प्रहरी कार्यालय कल्याणपुर , ईलाका प्रहरी कार्यालय कडोरबनाका प्रहरी निरीक्षक सुरेन्द्र यादव नेतृत्वको टोलीले चेक जाँच गर्ने क्रममा लागू औषध सहित एक भारतीय नम्बर प्लेटको बाईक र दुई जनालाई नियन्त्रणमा लिएको छ । सप्तरीको बलानविहुल गाउँपालिकाको वाडा नम्बर २ चन्ही चाैकमा चेक जाँच गर्ने क्रममा स्थानिय बेल्हि नाकाबाट चन्हीतर्फ अर्थात् दक्षिण देखि उत्तरतर्फ आइरहेको स १ ह ३६८६ नम्बरको टेम्पुमा लोड गरिएको चामलको बोराभित्र लुकाई छिपाई लागू औषध ल्याइरहेको अवस्थामा चेक जाँच गर्दा ठूलो परिणामको लागू औषध फेला परेको थियो ।

बोरा भित्र पलास्टिकमा पोका पारेको अवस्थामा डाइजेपाम ११७५ थान , फेनारगन ११७५ थान र वुप्रेन ११७५ थान गरी गरी जम्मा ३५२५ थान लागू औषध बरामद गरिएको छ । संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आज दिउसो करिब ३ बजेर ३० मिनेटको समयमा लागू औषध सहित मानिसलाई नियन्त्रणमा लिएको बताइएको छ । नियन्त्रणमा लिइएको मानिसलाई थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले मोबाईल संपर्क मार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤