लागू औषध सहित दुईलाई लिए प्रहरीले नियन्त्रणमा

  • भदौ ३०, २०८०
  • ७५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ ३० । सप्तरी जिल्लाको बलानविहुल गाउँपालिकाबाट लागू औषध सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मधेश प्रदेशको प्रहरी टोली सहित, प्रहरी कार्यालय कल्याणपुर , ईलाका प्रहरी कार्यालय कडोरबनाका प्रहरी निरीक्षक सुरेन्द्र यादव नेतृत्वको टोलीले चेक जाँच गर्ने क्रममा लागू औषध सहित एक भारतीय नम्बर प्लेटको बाईक र दुई जनालाई नियन्त्रणमा लिएको छ । सप्तरीको बलानविहुल गाउँपालिकाको वाडा नम्बर २ चन्ही चाैकमा चेक जाँच गर्ने क्रममा स्थानिय बेल्हि नाकाबाट चन्हीतर्फ अर्थात् दक्षिण देखि उत्तरतर्फ आइरहेको स १ ह ३६८६ नम्बरको टेम्पुमा लोड गरिएको चामलको बोराभित्र लुकाई छिपाई लागू औषध ल्याइरहेको अवस्थामा चेक जाँच गर्दा ठूलो परिणामको लागू औषध फेला परेको थियो ।

बोरा भित्र पलास्टिकमा पोका पारेको अवस्थामा डाइजेपाम ११७५ थान , फेनारगन ११७५ थान र वुप्रेन ११७५ थान गरी गरी जम्मा ३५२५ थान लागू औषध बरामद गरिएको छ । संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आज दिउसो करिब ३ बजेर ३० मिनेटको समयमा लागू औषध सहित मानिसलाई नियन्त्रणमा लिएको बताइएको छ । नियन्त्रणमा लिइएको मानिसलाई थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले मोबाईल संपर्क मार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२४ का तिन विपन् ...

लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरे ...

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहाको छुट्टाछुट्टै ...

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१