ताजा समाचार

मदन भण्डारी माविमा विशेष कार्यक्रम आयोजना गर्दै बालदिवस मनाईयो

  • भदौ ३०, २०८०
  • ९५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ ३० । सिरहाको धनगढीमाई १४ स्थित मदन भण्डारी स्मृति माविमा विशेष कार्यक्रमको आयोजना गरी बाल दिवस मनाइएको छ । वाडा अध्यक्ष अमित ठकुरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बालबालिकाहरुलाई विविध विधामा आफ्ना प्रतिभाहरू प्रस्तुत गर्न लगाएर कार्यक्रम गरिएको थियो । विद्यालय परिसरमा रहेको नवनिर्मित मञ्चमा आज पहिलो कार्यक्रमको रूपमा बाल दिवस मनाइएको छ । " बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी" भन्ने मूल नाराका साथ मदन भण्डारी स्मृति माविद्वारा आयोजित कार्यक्रममा CMC Nepal को सहकार्य रहेको थियो ।

आयोजित कार्यक्रम अन्तर्गत विविध कार्यक्रममा सहभागी मध्ये उत्कृष्ट लगायतलाई प्रमुख अथिती अमित ठकुरीले पुरस्कार वितरण गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि लगाएत सबैलाई कार्यक्रमको सान्दर्भिकता माथि प्रकाश पार्दै प्रध्यानाध्यापक रेखा राईले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको स्वरूपको बारेमा शिक्षक राजेन्द्र मगरले आफ्ना भनाई राख्दै विषय वस्तुमाथि प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤