सिराहा जिल्लामा तीज विशेष कार्यक्रम जारी

  • भदौ २९, २०८०
  • ७६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ २९ । सिरहाको विभिन्न ठाउँहरूमा विविध कार्यक्रम गर्दै दर खाने खुवाउने कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम जारी रहेको छ । हिन्दु सनातन धर्ममा भाद्र शुक्ल द्वितीया देखि पञ्चमी सम्म लगातार ४ दिनसम्म मनाइने तीज पर्वमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान र मनोरञ्जन पनि गर्ने चलन रहेको छ । लामो इतिहास बोकेको तीज पर्वमा पार्वती र शिवको विशेष पूजा गर्ने चलन छ ।

कठोर व्रत बसी पार्वतीले महादेव "स्वामी पाऊँ " भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको सम्झनामा हिन्दू नारीहरूले हरितालिका तीज मनाउँदै आएका छन् । कठोर व्रत पछि पार्वतीले महादेवलाई श्रीमानका रूपमा पाउन १ सय ७ जन्म सम्म घोर तपस्या गरे । पार्वतीले १ सय ८ औं जन्ममा मात्र शिवलाई आफ्नो पतिको रूपमा प्राप्त गरेको धार्मिक मान्यता रहिआएको छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने नेपाली चलन छ ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको कथा श्रवण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्ने चलन रहेको छ । पौराणिक कथन अनुसार भाद्र शुक्ल तृतीयाको दिन पार्वतीलाई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका सखीहरूले हरण गरेर लुकाएका कारण यस दिनलाई हरितालिका भनिएको हो । जहाँ हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी हुन्छ । यस शब्दको संयोजनबाट हरितालिका भएको हो ।

हिन्दु महिलाहरुले तीजका दिन लगाउने रातो साडीलाई सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ भने रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास रहेको छ । महिलाले लगाउने पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक मानिन्छ । यस व्रतलाई ‘गौरी तृतीया’ पनि भनिन्छ l हरितालिका तीजमा भगवान शिव, माता गौरी एवं गणेशजीको पूजा-आराधनाको विशेष महत्व रहेको छ l विगत केही वर्षयता हरितालिका तीज पर्व मनाउने नाममा विभिन्न तडक भडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने अवस्था पनि रहेको छ ।

सरकारले पूर्व सूचना अन्तर्गत ऐन नियमको विपरीत हुने गरी कोही कसैले अनावश्यक भड्किलोरूपमा तामझाम, तडक भडक र खर्चिलो हुने गरी तीज कार्यक्रमहरु गरे गराएमा कानुन बमोजिम कारबाही हुने भनिए पनि ब्यबहारमा लागू हुन सकेको छैन ।

सिरहाको कर्जनहा स्थित सघिय वन तथा वातावरण मन्त्री माननीय डा.बिरेन्द्र प्रसाद महतोको निवासमा महिला दिदि बहिनीहरुको लागि तिज विशेष कार्यक्रम आयोजना गरी दर खुवाउने कार्यक्रम सहित नाच गान गरिएको थियो । जिल्लाका विभिन्न ठाउँहरूबाट कार्यक्रममा सहभागी हुन आएका महिला दिदी बहिनीहरू बीचमा शुभकामना आदानप्रदान समेत गरिएको थियो । करिब १५९ महिलाहरुको सहभागितामा आयोजित कार्यक्रममा माननीय महतोले सहभागी सबैलाई शुभकामना दिनु भएको थियो । करिब दिउसो करिब १ बजे संचालित कार्यक्रम बेलुका ७ बजे सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

कपिलवस्तु क्षेत्र नं ...

धर्मेन्द्र कुमार कुर्मी, विजयनगर  कपिलवस्तु चैत २४ । कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सद ...

लहानमा ट्राफिक प्रहर ...

रहमुल, लहान २३ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक श ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१