ताजा समाचार

यातायातका प्राविधिक प्रमुख ईन्जिनियर यादवका कारण सेवाग्रहीहरु आतंकित

  • भदौ २६, २०८०
  • ७६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २६ भदौ। यातायात व्यवस्था कार्यालय वीरगंजका भ्रष्ट प्रवृतिका प्राविधिक प्रमुख ईन्जिनियर नितेश्वर यादवका कारण सेवाग्रहीहरु आतंकित बन्न पुगेका छन् । सो कार्यालयमा सेवा लिन आएका सेवाग्रहीहरु सँग ईन्जिनियर यादवले काम गर्नु भन्दा पहिला आफ्ना बिचौलिया मार्फत मोलमोलाई गरी बिचौलियाले रकम लिईसके पछि मात्र काम अगाडि बढाउने गरेको भुक्तभोगीहरु बताउदंछन् ।

भ्रष्टाचारको मामिलामा गन्हाईसकेका ईन्जिनियर यादव घुसको रकमको भरमा गाडी जाँच्ने गर्ने गरेको बताईन्छ । रकमको भरमा गाडी जाँची काम नलाग्ने गाडीलाई पनि राम्रो छ भनि ईन्जिनियर यादवले सही गर्ने गरेको स्रोतले जनाएको छ । काम नलाग्ने ठुला गाडीहरु कबाडमा परिसकेकोले सम्बन्धित सवारी धनीहरु कर तिर्न नपरोस भन्दै लगत कट्टा गराउन प्राविधिक फाँटमा जाँदा ईन्जिनियर यादवले कबाडमा रहेको गाडीको ईन्जिन र चेचिस नम्बर काटन मगाई पुनः सवारी धनीलाई जसरी जे हालतमा गाडी छ, मगाउनै पर्छ भनि अनावश्यक झमेला खडा गरी २० हजार देखि ५० हजार सम्म असुल्ने गर्ने गरेको एक सवारी धनीले नाम नछाप्ने शर्तमा यस अनलाईनका सम्बाददातालाइ बताए ।

घुसको मामिलामा दिनदहाडै आतंक मच्चाउदै आएका ईन्जिनियर यादवको व्यवहारले सेवाग्रहीहरु दुःखित बन्न पुगेका छन् । सो प्राविधिक फाँटमा ईन्जिनियर यादवले सेवाग्रहीहरु सँग आफु घुसको रकम नलिई सोही फाँटमा बेतल्बीमा रहेका एक बिचौलिया आशिस दाहाल मार्फत लिने गरेको बताईन्छ । सो बिचौलिया कुनै किसिमको कर्मचारी नभए तापनि उनी कर्मचारीको हैसियतमा ईन्जिनियर यादवको निर्देशनमा कुरो छिनोफानो गरी रकम असुलीसके पछि मात्र ईन्जिनियर यादवले सही गर्ने गरेको बताईन्छ ।

भ्रष्ट प्रवृतिका ईन्जिनियर यादवले कतिपय अवस्थामा गाडीहरु नआए पनि घुसको रकमको बलमा गाडी सही भएको अवस्थामा छ भन्दै सही गर्ने गरेको बताईन्छ । गाडी नआएकोमा सवारी धनीहरु सँग ५ हजार देखि २५ हजार सम्म असुली गर्ने गरेको स्रोतको कथन रहेको छ । कुनै पनि गाडीको नविकरण वा नामसारी गर्नु परेमा कार्यालयमा गाडी ल्याउनु पर्ने अनिवार्य व्यवस्था रहे ता पनि ईन्जिनियर यादवले निश्चित रकम लिई गाडी दुरुस्त रहेको भनि प्रमाणित गर्ने गरेको भुक्तभोगीहरु बताउदंछन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤