Siraha Times
ताजा समाचार

ड्राइपोर्ट प्रहरी चौकीबाट तस्करीको लाईन खुला, आईजिपिको मान्छे हु भन्दै धाक लगाउदै बरिष्ठ प्रनानी कुँवर

  • भदौ २६, २०८०
  • ९६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया वीरगंज २५ भदौ । शान्ति सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरी संगठनका एक कर्मचारीले चोरी तस्करी गराए वापत रकम उठाउनुको साथै मदिराभठ्ठीबाट समेत रकम उठाई रहेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् । वीरगंज महानगरपालिकाको ड्राइपोर्टमा रहेको प्रहरी चौकीको क्षेत्रमा पर्ने आईसिपी पछाडी, खलवा टोल श्रीसिया, अलौं लगायतका नाकाहरुबाट ड्राईपोर्ट प्रहरी चौकीका प्रहरीहरु खुल्लेयाम रुपमा मासिक नजराना लिएर तस्करीको लाईन दिएको समाचार स्रोतले जनाएको छ ।

प्रहरी चौकी ड्राइपोर्टको प्रमुखको रूपमा प्रहरी बरिष्ठ नायब निरीक्षक कुल बहादुर कुँवर कार्यरत्त रहेका छन् । कुँवरले आफु आईजिपिको मान्छे हुँ भन्दै खुल्लेयाम रकम उठाईरहेको जनाईएको छ । प्रहरी प्रधान कार्यालयले भदौ ८ गते कुँवरको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोजको शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखामा सरुवा गरे पनि हालसम्म उनी पावरको दुरुपयोग गरी पर्साबाट जान नमानेको एक प्रहरी अधिकृतले बताए ।

सो नाकाबाट काजु, कपडा, साडी, किराना सामग्री, हार्डवेयर, भैसी लगायतका मालसमानहरु प्रहरी कै सेटिङ्गमा नेपाल आईरहेको जनाईएको छ । नेपाल र भारतको सीमा नाकाबाट अबैध रूपमा हुने कारोबारको साथ साथै ड्राइपोर्ट क्षेत्रहरूमा स्थापित रहेका मदिरा भठ्ठिबाट समेत प्रहरीले खुल्याम रकम उठाएको हेर्दा स्थानीयहरु नै संगठन माथी औला उठाउन थालेका छन । शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सफल भएका नेपाल प्रहरी संगठनमा केही घुस्याहा प्रवृर्तीका कर्मचारीले गर्दा बेला–बेलामा यस्ता घटनाहरू बाहिरिन थालिएको हो ।

नेपाल र भारतको मुख्य प्रवेशद्वारको साथ साथै नेपालकै आर्थिक राजधानीको रूपमा मानिने बीरगंज क्षेत्रमा स–साना तस्करी बारे पटक–पटक समाचार आइरहे पनि प्रहरीकै साटघाटमा आइसिपी हुँदै व्यापक रूपमा प्रत्येक दिन करोडौं करोडको अबैध सामग्रीहरु राजस्व छली आईरहेको जनाईएको छ । प्रहरी चौकी ड्राइपोर्टको प्रमुखको रूपमा प्रहरी बरिष्ठ नायब निरीक्षक कुल बहादुर कुँवर आउनसाथ तस्कर सँग सेटिङ्ग गरी काम सुचारु गराएको एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल विक्रम शाहले पर्सा जिल्लाको सबै युनिट कमान्डरलाइ निगरानी बढाउन निर्देशन दिएपनी आफ्नै माथिल्लो निकायको आदेशलाइ धज्जी उडाउदै प्रहरी बरिष्ठ नायब निरीक्षक कुल बहादुर कुँवरले उक्त क्षेत्रलाई कमाइ खाने थल्लो बनाएका छन । नेपाल प्रहरी संगठनको नीति निर्देशनलाइ नै धज्जी उडाउदै कार्य गरिरहेका प्रहरी बरिष्ठ नायब निरीक्षक कुँवर माथी माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१