Siraha Times
ताजा समाचार

मधेशमा व्यापक सरकारी गाडी दुरुपयोग शनिबार ससुराली स्वास्नीलाई लाइसेन्सको परिक्षा

  • भदौ २३, २०८०
  • १३३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार जनकपुरधाम,२३ भदौ । मधेश प्रदेशमा जहिल्यै पनि सरकारी गाडी दुरुपयोग हुने कुरा सामान्य बन्दै गएको छ। अधिकाँश बेतिथिमध्ये एउटा प्रमुख बेतिथि कर्मचारीतन्त्र पनि हो । जसको प्रतिफल बेलाबेलामा सर्वसाधारण भोग्दै आउनु परेको अवस्था छ।आज शनिबार भदौ - २३ अर्थात शिक्षक सेवा आयोगले माध्यमिक तहको परिक्षा लिएको जनकपुरधाम स्थित यज्ञवल्कय संस्कृत मावि रामानन्द चौक जानो बाटोमा स्वास्नी परीक्षा दिलाउन चारपाङ्रे गाडी १ घण्टा बढी उभिएको थियोे । सो लाइसेन्सको परिक्षा दिन गएकी कर्मचारीको श्रीमतीका लागि घण्टौँ गाडी उभियो तर, श्रीमती नआएसम्म गाडी उभेकै उभि रहे ।

Open photo

यता, शनिबारका दिन नै कर्मचारीहरु ससुराली जादै गर्दा मधेशमा युवाहरुद्वारा दर्जनौं सवारी साधनहरु समातिएका छन् । सो समातिएका सवारी साधनहरु धनुषा स्थित ट्राफिक प्रहरी कार्यालयमा बुझाएका छन् । यो सँगै , वीरगन्जमा बिदाको दिन अनुमति नलिई चली रहेका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । शनिवार बिदाको दिन इजाजत नलिएर चलाइएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीसमेतको गाडीलाई राष्ट्रिय युवा संघ नेपालका नेतादकार्यकर्ताले नियन्त्रणमा लिएका हुन् ।

Open photo

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको सहयोगमा शनिवार बिदाको दिन चेकजाँचमा कडाइ गरी सरकारी सवारी साधन नियन्त्रणमा लिइएको राष्ट्रिय युवा सं पर्साका अध्यक्ष मोहम्मद निजामले जानकारी दिए । उनकाअनुसार प्रमुख जिल्ला अधिकारीको गाडीसहित ३ वटा च पाङ्ग्रे गाडी र ४० वटा मोटरसाइकल नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरीको जिम्मा लगाइएको हाे।

Open photo

वीरगन्जको घण्टाघरबाट नियन्त्रणमा लिइएका सवारी साधन बेलुका ५ बजेपछि मात्रै छोडिने युवा संघ वीरगन्ज महानगरका अध्यक्ष अमिर खानले बताए । प्रमुख जिल्ला अधिकारीको गाडी भने पास लिएर आउने सर्तमा फिर्ता पठाइएको उनले बताए। बिदाको दिन पनि सरकारी सवारी साधन दुरुपयोग हुने गरेको पाइएपछि युवाहरूले खबरदारी स्वरूप सवारी साधन नियन्त्रणमा लिने अभियानको थालनी गरिएको राष्ट्रिय युवा संघ पर्साका अध्यक्ष निजामले बताए ।

सरकारी गाडी दुरुपयोग गर्नेहरुलाई निकाय कार्यवाही गर्न सकेको छैन । जसले गर्दा कर्मचारीहरुमा जवाफदेहीता बढ्दै गइरहेको छ। गाडी दुरुपयोगले जताततै कोलाहल मच्चिएको अवस्था छ।

प्रतिक्रिया दिनुहोस

सिराहाको धनगढीमाईमा ...

विनोद अविरल,​सिराहा, बैशाख ६ । ​सिराहाको धनगढीमाई नगरपालिका-१२ स्थित डोटेल मावि अगाडि ट्याक्टर चालकम ...

लहानमा श्री ल.ल. कुश ...

ओम प्रकाश यादव लहान वैशाख ६ । सिराहा जिल्लाको लहानस्थित श्री ल.ल. कुशवाहा माध्यमिक विद्यालयले आज लिए ...

“सीमामा लसुनको साम्र ...

महोत्तरी वैशाख ५ । नेपाल–भारत सीमावर्ती क्षेत्र भिट्टामोड र यसको आसपासका नाकाहरू पछिल्लो समय च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१