ताजा समाचार

श्री बुद्ध शान्ति साझेदारी वन व्यवस्थापन समुहकाे तेस्रो साधारणसभा सम्पन्न

  • भदौ २३, २०८०
  • ८२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी / भदाै २३ । पश्चिम नवलपरासीको रामग्राम नगपालिका वडा नम्बर १८ मा रहेकाे श्री बुद्ध शान्ति साझेदारी वन व्यवस्थापन समुहकाे आज तेस्राे साधारणसभा सम्पन्न भएकाे छ । श्री बुद्ध शान्ति साझेदारी वन व्यवस्थापन समुहका अध्यक्ष बिरेन्द्र चाैधरीकाे अध्यक्षता तथा रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चाैधरीकाे प्रमुख आतिथ्यतामा तेस्रो साधारणसभा सम्पन्न भएकाे हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चाैधरीले वन भित्र विरुवा राेप्न आवस्यक रहेकाे देखिन्छ । त्यसकाे लागि नगरपालिकाले हरेक क्षेत्रबाट बुद्ध शान्ति बन समुहलाई सहयाेग २४ सै घण्टा तयार रहने जाेड दिनुभयाे ।

वन समुहका अध्यक्ष चाैधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आ.व २०७९/८० मा रु २६३८८०००/- काराेवार गर्ने लक्ष्य राखिएको मा रु ५००००००/- प्रदेश सरकारबाट अनुदानमा प्राप्त भएकाेमा रु १५९७२३५/- मात्र खर्च भएकाे बाकी रहेकाे रकम प्रदेश सरकारलाई फिर्ता गरिएकाे जानकारी दिनुभयाे । आ.व २०८०/८१ मा रु १५०००००/- प्रदेश सरकारकाे अनुदान सहित ३१९०००००/- काराेवार हुने अनुमान गरिएकाे उहाँले बताउनुभयो ।

बुद्ध शान्ति साझेदारी वन समुहले १२०० हेक्टर क्षेत्रफल ओेगटेर रहेकाे रामग्राम न.पा काे ६,९,१०,१४,१५,१६,१८ ,सुनवल न.पा काे २,८,९ र पाल्हीनन्दन गा.पा काे ४,५,६ गरि १३ वटा वडा कार्यक्षेत्र रहेकाेमा १५५२ घरधुरीलाई सेवा प्रदान गर्दै आएकाे वन समुहका अध्यक्ष चाैधरीले जानकारी दिनुभयाे ।

कार्यक्रममा डिभिजन बन कार्यालय नवलपरासीका बन अधिकृत महेन्द्र वाग्ले,वन समुहका निवर्तमान अध्यक्ष चन्द्रमणि चाैधरी,जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादव,लाेसपा जिल्ला अध्यक्ष मुकुरजी गिरी,जनमत का केन्द्रीय सदस्य बालगाेविन्द चाैधरी,नेकपा एमाले रामग्राम नगर सचिव दिपक गैरे,नेकपा माओवादी जिल्ला सचिव माधवराज पाण्डे र राप्रपा जिल्ला सचिव नरेश चाैधरी लगायतले बाेल्नु भएको कार्यक्रम संचालक विमल केसीले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤