ताजा समाचार

शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सामग्री वितरण कार्यक्रम सम्पन्न

  • भदौ १८, २०८०
  • ११८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ १८ । सप्तरी जिल्लाको बलानबिहुल गाउँपालिकाको एक बिद्यालयमा शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्थानिय श्री जन्ता रा.प्रा.वि. टिकुलिया वडा न.३ मा टिकुलिया समाज सेवा युवा कल्बको आयोजनामा उदघाटन तथा सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

वडा अध्यक्ष राजकिशोर यादवको प्रमूख आथित्यमा आयोजित कार्यक्रममा स्थानिय समाजसेवी, बुद्धिजीवी, राजनीतिककर्मी विभिन्न संघ संस्थाका प्रतिनिधिहरु पत्रकार लगाएत स्थानियको सहभागितामा बालबालिकालाई सामग्री वितरण गरिएको बैजनाथ मण्डलले बताए । प्रमूख अथितिको आसनबाट बोल्दै अध्यक्ष यादबले वैदेशिक रोजगारीमा रहेका हाम्रा युवाहरुले साना साना बालबालिकाहरूको उज्ज्वल भविष्यको कामना गर्दै कल्बमार्फत गरेको सामग्री वितरण कार्यले समाजमा सकारात्मक परिवर्तनका लागि उनति र प्रगतिको ढोका खोलेको बताउनु भएको छ ।

कार्यक्रममा बिद्यालयका पदाधिकारीहरु लगाएत करिब २ सय आम अभिभावकहरुको उपस्थितिमा बिद्यालयमा अध्ययनरत गरीब , विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । स्थानिय स्तरमा चर्चामा रहेको टिकुलिया क्लबले गरेको सराहनिय कार्यलाई सहभागी वक्ताहरुले उज्जवल भविष्यको कामना सहित शुभकामना दिएका हुन । स्थानिय स्तरमा टिकुलिया क्लबले सामाजिक काम गर्दै आएको स्थानिय पत्रकार रासिन्द्र यादव बताउनुहुन्छ ।

सप्तरी : सप्तरीको बलान बिहुल गाउँपालिकाको रा.प्र.बि टिकुलिया विद्यायालयको उद्घाटन गरिएको छ । बलान बिहुल गाउँपालिका वडा नं-३ का वडा अध्यक्ष राजकिसोर यादवको प्रमुख आतिथ्यता तथा शिक्षा शाखा प्रमुख दिनेश मण्डलको विशिष्ट आतिथ्यतामा विद्यालय उद्घाटन गरिएको हो । अतिथि पूर्ववडा अध्यक्ष कपलेशवर मण्डलले उद्घाटन कार्यक्रममा सहजीकरण गरेका थिए । टिकुलिया समाज युवा क्लबका वरिष्ठ सहलाहकार बैजनाथ मण्डलले सो अवसरमा शैक्षिक सामग्री पनि वितरण गरिएको जानकारी दिए ।

वडा अध्यक्ष राजकिशोर यादवले क्लबले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर उदाहरणीय काम गरेको भन्दै धन्यवाद ज्ञापन गरे । विद्यालय व्यवस्थापनका अध्यक्ष सुरेश साह, उपाध्यक्ष राजदेव साह, कोषाध्यक्ष ललिता देवी मण्डललगायत युवाहरू विदेशमा रहेर पनि कल्बलाई संरक्षण गर्दै आाइरहेको चन्दन (धिरेन्द्र) मण्डलले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤