सिरहाकी मिटरव्याजी सुजाता पुर्पक्षका लागि जेलचलान

  • भदौ १८, २०८०
  • ९०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम सिराहा - सिरहाकी मिटरब्याजी सुजाता साहलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाएको छ । न्यायाधीश मनोज केसीको एकल इजलासले आइतबार ममता रायको मुद्दामाथि सुनुवाइ गर्दै उनलाई पुर्वपक्षका यस्तो आदेश दिएको हो। मिर्चैया नगरपालिका–६ की ३५ वर्षीय सुजाता गत साउन २४ गते पक्राउ परेकी थिइन् । उनीमाथि नौ जनाले अनुचित लेनदेनसम्बन्धी मुद्दा दर्ता गराएका थिए।

सुजाता सिरहामा लामो समयदेखि मिटरब्याज धन्दा चलाउँदै आएको पीडितहरुको भनाइ छ । साहमाथी ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले बताउनुभयो । साहमाथि प्रहरी र जिल्ला प्रशासनमा दर्जनौं उजुरी छ । मिर्चैया क्षेत्रमा उनी लामो समयदेखि चर्को मिटरब्याज धन्दा चलाउँदै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१