ताजा समाचार

नवराजपुरमा शिक्षक आन्दोलन परिचालन समिति गठन

  • भदौ १७, २०८०
  • ९२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम लहान - सिराहाको नवराजपुर गाउँपालिकामा शिक्षक आन्दोलन परिचालन समिती गठन भएको छ। संघीय शिक्षा ऐनको विरोधमा नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलनको समर्थन गर्दै नवराजपुर गाउँपालिका भरिका सम्पुर्ण स्थायी , राहत , बालविकास र विद्यालयका कर्मचारीहरुले शिक्षक शिवनारायण यादवको संयोजकत्वमा शिक्षक आन्दोलन परिचालन समिति गठन गरेका छन । शुक्रबार सहिद रमेश महतो स्मृति जनता माध्यमिक विद्यालय फुलबरियामा यादवको अध्यक्षतामा २१ सदस्य पालिका स्तरीय शिक्षक आन्दोलन परिचालन समिती गठन गरेको हो। 

कार्यक्रममा विभिन्न पार्टीका समर्थित शिक्षक संगठनहरुको उपस्थिति रहेका थिए। विभिन्न दलमा आवध शिक्षक संगठनहरुले नेपाल शिक्षक महासंघको माङ्ग प्रती एक्यवद्धता जनाउदै संयुक्त रुपले सशक्त आन्दोलन परिचालन गर्ने कुरामा एकमत देखिएका थिए। संघीय शिक्षा ऐनमा स्थायी शिक्षक , राहत शिक्षक , बाल विकास शिक्षक र विद्यालयका कर्मचारीहरुको माङ्ग सम्बोधन नभएकोले नेपाल शिक्षक महासंघले घोषणा गरेको दोस्रो चरणको आन्दोलनमा आफुहरुको सशक्त भुमिका रहने कुरामा साथ र समर्थन रहेको संयोजक यादवले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤