ताजा समाचार

स्वागतयोग्य कदमका साथ अध्यक्ष बनैता

  • भदौ १७, २०८०
  • ८०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ १७ । सिरहाको नवराजपुर गाउँपालिकाको  वडा नं ३ मा भएको पोखरी विवादको विषयमा नेपाल पत्रकार महासंघ सिराहा शाखा लगाएत जिल्ला स्थित प्रेस संगठनहरुले पत्रकारहरुमाथि भएको सांघातिक हमलाका दोषीहरुलाई कानूनी कारवाहीको माग गरिरहेको अवस्थामा पत्रकारहरुको हकहितका लागि नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता अटल भएपछि विभिन्न राजनीतिक दलका नेताहरुको पहल काम नलाग्ने भएको हो ।

दूरदर्शी र बौद्धिक क्षमताका धनी अध्यक्ष बनैताले आफ्ना ध्यान पत्रकारको हक , हितको लागि केन्द्रित गर्दै कसैसँग कुनै सम्झौता नगरी निरन्तर रूपमा अघि बढ्दै गर्दा जिल्ला स्थित विभिन्न राजनीतिक दलहरुले  दोषी जोगाउनका लागि गरेको पहलप्रती खरो जबाफ दिँदै आफ्ना फेस बुक पेजमा लेख्नुहुन्छ " नवराजपुरको पत्रकार कुटपिट तथा लुटपाट प्रकरणमा केही थान काङ्ग्रेस, जसपा, एमाले र जनमतका आदरणीय नेताज्युहरुले खेल्नुभएको भुमिका शंकास्पद छ । अराजकतालाई बढावा नदिनुस । भोलि केहि चाणक्य  नीति खेले वातावरण झन बिग्रिन सक्छ "।

कानूनी राज्यमा अटल भई पत्रकारहरुको हकहितका लागि कानुनी मार्ग रोजेका बनैताले कारवाहीको माग गरिरहेको अवस्थामा जिल्लाका प्रशासनिक निकायलाई आफ्नो कर्तव्यमा अडिग रहनका लागि सांकेतिक खवरदारी समेत गरेका छन । पत्रकारद्वय दिनेश्वर प्रसाद गुप्ता र जयनाथ यादवमाथि भएको सांघातिक हमलाको दोषीहरुलाई कानुनी कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्यालय जनकपुरले समेत विज्ञप्ति जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤