ताजा समाचार

जीर्ण भवनमा खाना पकाउन विवस प्रहरी, निकाय दर्शक बन्दै

  • भदौ १६, २०८०
  • ७६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ १६ । सिरहाको साबिक गाउँविकास समिति विष्णुपुरकट्टी ६ वरपिपल तथा हाल धनगढीमाई १२ मा रहेको ईलाका प्रहरी कार्यालयको भान्सा घर जीर्ण अवस्थामा रहेको छ । हालसम्म आफ्नो भवन नरहेको यस प्रहरी कार्यालयका प्रहरीहरु वडा कार्यालयमा रात कटाउन विवस भएको छ भने अर्कोतिर वडा कार्यालय परिसरमा रहेको जिल्ला वन कार्यालय लहान सिरहाको स्वामित्वमा रहेको वन कार्यालयको जीर्ण अवस्थाको घरमा खाना पकाउन विवस प्रहरीले खिया लागेको , झ्याल ढोका नभएको घरमा चुला राखेर खाना पकाउँदै आएका हुन । अविरल वर्षाका कारण खाना पकाउने ठाउँमा चुहिन थालेपछि खिया लागेको जस्तामाथि त्रिपाल राखेर हावाले उडाउने डरले इटाले थिचेर काम चलाउँदै आएको अवस्था रहेको छ । प्रहरीको यस्तो अवस्थाका बारेमा जिल्ला प्रहरी कार्यालय सिरहामा पुगेर एसपी टेकुनन्द ईवा लिम्बुलाई जानकारी गराएपनि हालसम्म ध्यानाकर्षण भएको छैन ।          

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤