ताजा समाचार

घटनामा संलग्न पक्राऊ, महासंघद्वारा तत्काललाई आन्दोलनका कार्यक्रम स्थगित

  • भदौ १४, २०८०
  • ८८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ १४ । सिरहाको नवराजपुर गाउँपालिका स्थित पोखरी विवाद चर्किंदै अराजक बन्दै गएको अवस्थामा फोटो खिच्दै गरेका नेपाल पत्रकार महासंघ सिराहाका वरिष्ट पत्रकार दिनेश्वर प्रसाद गुप्तामाथि भएको सांघातिक हमलाका दोषीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएपछि महासंघद्वारा पूर्व घोषित कार्यक्रम तत्काललाई फिर्ता गरिएको छ ।

नवराजपुरमा पत्रकार कुटपिट तथा मोबाईल लुटपाट गर्ने समुहका कमलेश यादवलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ भने पक्राउ परेर राजनैतिक दबाबका कारण छोडिएका चन्दन कामैतलाई पुनः जिल्ला प्रहरी कार्यालय सिरहाको मातहत निकाई ईप्रका महेशपुर पतारीले नियन्त्रणमा लिएपछि आन्दोलनको कार्यक्रम फिर्ता भएको छ ।

यता घाउ,चोट जाँच गरेर पत्रकारद्वय दिनेश्वर गुप्ता र जयनाथ यादवले कानुनी कारवाहीको माग राख्दै प्रहरीमा जाहेरी दिएका हुन । प्रहरीले कानुनी कारवाहीको प्रक्रिया अगाडि बढिसकेको जनाएपछि नेपाल पत्रकार महासंघ सिराहा शाखाद्वारा पूर्व घोषित आन्दोलन कार्यक्रम स्थगित गरिएको बुझिएको हो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤